काठमाडौं । विभिन्न १४ कम्पनीहरुले सर्वसाधारणलाई प्राथमिक (आईपीओ) निष्कासन गर्ने भएका छन । ती कम्पनीहरुले ४ अर्ब ४५ करोड ५५ लाख २८ हजार ७२० रुपैयाँ बराबरको ४ करोड ४५ लाख ५५ हजार २८७ कित्ता आईपीओ निष्कासन गर्न लागेका हुने ।
कम्पनीहरुले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिएका छन । यी मध्ये जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले बोर्डबाट ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाइसकेका छन् । जनरल इन्स्योरेन्सले ३० करोडको आईपीओ आईतबारदेखि निष्कासन गर्दैछ ।
सूची हेर्न यहाँ क्लिक गर्नुहोस
यसैगरी डिस मिडिया नेटवर्क लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, इमर्जीङ नेपाल लिमिटेड र सीआईबीएल क्यापिटल लिमिटेड बाहेक सबै जलविद्युत कम्पनी रहेका छन ।
यी मध्ये सबै भन्दा ठुलो आईपीओ निष्कासन गर्नेमा मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेड रहेको छ । मध्य भोटेकोसीले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ अर्ब ५० करोड कित्ता आईपीओ निष्कासन गर्ने छ ।
आईपीओ निष्कासन गर्ने अन्य जलविद्युत कम्पनीहरुमा सिंगटी हाइड्रो इनर्जी लिमिटेड, ग्रिनलाई हाइड्रोपावर लिमिटेड, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, मैलुङखोला जलविद्युत कम्पनी लिमिटेड, सुभम पावर, हिमालयन हाइड्रोपावर लिमिटेडलगायत रहेका छन ।