सस्तियो ब्रोइलर कुखुराको मासु, २१० रुपैयाँसम्म पाइन थाल्यो

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज २८, बुधबार,११:३८:AM  
सस्तियो ब्रोइलर कुखुराको मासु, २१० रुपैयाँसम्म पाइन थाल्यो

काठमाडौं । दसैंको मुखैमा आएर ब्रोइलर कुखुराको मासु सस्तिन थालेको छ । केही महिनाअघि ४५० रुपैयाँसम्म पुगेको कुखुराको मासुको मूल्य पछिल्लो समय घट्दै  गएकाे छ । 

लकडाउन खुले लगत्तै मूल्य बढ्ने अनुमान गरिए पनि कुखुराको मासुको मूल्य दैनिक घट्न थालेको हो । अहिले २१० रुपैयाँसम्ममा कुखुराको मासु पाइन थालेको उपभोक्ताहरु बताउँछन् । तरकारीजन्य वस्तुको भाउ बढिरहेका बेला चिकेनको मूल्य भने घटेको हो । 

चितवन लगायतका केही जिल्लामा इलर कुखुराको मासुको मूल्य २०० भन्दा पनि कम मै पाइने गरेको व्यवसायी बताउँछन् । त्यस्तै, काठमाडौं उपत्यकामा २१० सम्म पाइन थालेको हो । भएका अलिअलि मानिस पनि दसैं मनाउन घर जाँदा खपत घटिरहेको छ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top