कोराना कहरबीच चेपाङ बस्तीमा एक्काले दियो खाद्य तथा सरसफाईका सामाग्री

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असाेज २८, बुधबार,०९:४५:PM  
 कोराना कहरबीच चेपाङ बस्तीमा एक्काले दियो खाद्य तथा सरसफाईका सामाग्री

काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) को कारण दैनिक गुजारानै सञ्चालन गर्न समस्या भइरहेको बेला वातावरण संरक्षण सिविर(एक्का)नेपालले चितवनमा रहेको चेपाङ बस्तिमा खाद्य तथा सरसफाईका सामाग्रीहरु वितरण गरेको छ ।

कोभिडका कारण  ज्याला मजदुुरी समेत गर्ने वाटो बन्द भएपछि समस्यामा परेका चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्बर १३ का सबै परिवारलाई सामाग्रीहरु वितरण गरिएको हो ।

प्रभावहरुको न्यूनिकरणका लागि एक्काले वडा नम्बर १३ मा रहेको सम्पूर्ण ६४७ घरधुरीहरुलाई खाद्य सामग्री र हातधुने सुबिधा तथा शौचालयका लागि सरसफई सामग्रीहरू वितरण गरेको कार्यकारी निर्देशक योगेन्द्र चित्रकारले जानकारी दिए ।