काठमाडौंको कमलपोखरी र बागमती नदी किनारमा छठको पूजा(फोटोफिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ मङ्सिर ५, शुक्रबार,०७:०३:PM  
काठमाडौंको कमलपोखरी र बागमती नदी किनारमा छठको पूजा(फोटोफिचर)

छठ पर्व नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ ।

नेपालको विशेष रूपले तराई९मधेश० क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।

परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।

यसै पर्वका अवसरमा आज राजधानीको कमलपोखरी र थापाथलीको बाग्मती नदीमा ब्रतालुहरुले पुजा गरेका छन् । कोरोना भाइरसका कारण यस बर्ष भने सो पर्वको अवसरमा त्यति रौनक देखिएन ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top