काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि आज भएको निर्वाचनको जिल्ला नगर सदस्यतर्फको पनि मत गणना सकिएको छ ।
यस समूहबाट कार्यकारिणी सदस्यमा कुल १८ सदस्य पदका लागि ३८ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये ११ जना किशोर प्रधान प्यानलका र ७ जना चन्द्र ढकाल प्यानलबाट निर्वाचित भएको बताइएको छ ।
निर्वाचित हुनेमा राजन श्रेष्ठ (७९ मत), तारानाथ घिमिरे (७२ मत), शोभाकान्त पौडेल (७० मत), कमल कुमार श्रेष्ठ (७० मत), गजेन्द्र कुमार भगत (६८ मत), चक्र बहादुर अधिकारी (६७ मत), अरुणराज सुमार्गी (६६ मत), देव कुमार श्रेष्ठ (६४ मत), रामेश्वर मानन्धर (६३ मत), कमान बहादुर खड्का (६२ मत), सुरकृष्ण वैद्य (६१ मत) छन् ।
यस्तै, कुविर कुमार श्रेष्ठ (५८ मत), डिबी बस्नेत (५८ मत), गोपाल केडिया (५५ मत), महेन्द्र कुमार श्रेष्ठ (५४ मत), उमेश डालमिया (५३ मत), किशोर कुमार आचार्य (५२ मत) र अमृत भट्टचन (५१ मत) पनि जिल्ला नगरबाट महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् ।
जिल्ला नगरतर्फको पूरै १०५ भोट नै खसेको थियो । त्यसमध्ये ३ वटा बदर भएको हो ।