काठमाडौं । सरकारको छानबिनबाट बच्नका लागि व्यापारीले कामदार तथा मजदुरका नाममा समेत मूल्य अभिवृद्धि कर (भ्याट) नम्बर तथा बैंक खाता खोलेर ठगी गर्ने पाइएको छ ।
राजश्व अनुसन्धान विभागले गरेको अनुसन्धानका क्रममा त्यस्तो बदमासी देखिएको हो । विभागले आज उच्च अदालत पाटनमा एक व्यवसायी विरुद्ध दायर गरेको मुद्दामा जोडिएका केही व्यक्ति कामदार तथा श्रमिक रहेको पाइएको छ ।
नक्कली भ्याट बिल बनाई राजश्व छली गरेको अभियोगमा विभागले न्यू सयपत्री इन्टरप्राइजेजका सञ्चालक मनिषुकमार समेत १५ जना विरुद्ध १ अर्ब २२ करोड २० लाख १९ हजार १९ रुपैयाँ बराबरको ठगी गरेको पाएको हो ।
न्यू सयपत्री इन्टरप्राइजेजलगायत विभिन्न १३ वटा फर्महरु कमजोर आर्थिक अवस्थाका मजदुरको नाममा दर्ता गरिएको पाइएको छ । आर्थिक हैसियत नै नभएका व्यक्तिको नाममा नक्कली फर्म दर्ता गरी राजश्व चुहावट एवं भ्याट छली गरेको पाइएको छ ।
यस्तै विभागले संकित जनरल सप्लायर्सका सञ्चालक सुबोध साह विरुद्ध पनि रु १२ करोड ७५ लाख ५१ हजार ६१४ बराबरको भ्याट छली गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
थप
expand_moreकम
expand_less