काठमाडौं । राजनीतिक अस्थिरताका बीचमा पुस २१ गतेदेखि निरन्तर बढिरहेको सेयर बजारमा मंगलबार करेक्सन भएको छ । मंगलबार बजार ५.५७ अंक घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३२८.९० अंकमा झरेको छ ।
बजार खुल्दा २३६२.८६ अंकमा रहेको बजारमा पछि घटेर २३०५ अंकमा झरेको थियाे । पछि बजारमा तीब्र उतारचढाव आई सामान्य घट्न पुग्यो । बजार घटे पनि मंगलबार कारोबार रकममा उछाल आएको छ ।
मंगलबार ७ अर्ब ७६ करोड ७४ लाख रुपैयाँबराबरको १ करोड ६३ लाख ५ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । बजार घटे पनि कारोबार रकम बढेकाले बुधबार पनि बजार घट्ने संभावना देखिएको छ ।
मंगलबार ८ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । प्रोगेसिभ फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड, गोर्खाज फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य बढेको छ । मंगलबार व्यापार, वित्त र जीवन बिमा परिसूचक बाहेक सबै घटेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेपाल लाइफको २६८९ मा ९१ करोड ९७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै प्रभु बैंकको ४५९ मा ३५ करोड ६१ लाख र नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको १४९३ मा ३० करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै नेपाल टेलिकमको १३४० मा २९ करोड र हाइड्रो इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको ३२७ मा २३ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।