काठमडाैं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले स्वदेशी उत्पादनको उपभोग र उपयोगलाई बढावा दिने लक्ष्यका साथ ‘मेक इन नेपाल–स्वदेशी अभियान’ सुरु गरेको छ।
परिसंघका अध्यक्ष सतिश कुमार मोरले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउने र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित सीएनआईले मेक इन नेपाल–स्वदेशी अभियान सुरु गरेको बताए ।
नेपाल सरकारको सहमति र सहकार्यमा संचालन गरिने यस अभियानले मुलुकको औद्योगिक विस्तार एवं उत्पादन वृद्धि गरी स्वदेशी उद्योगहरुलाई आत्मनिर्भर बनाउन अभियानले थप सहयोग गर्ने विश्वास अध्यक्ष मोरले व्यक्त गरे ।
मुलुकको उद्योग व्यवसाय कोभिड–१९ को कारण प्रतिकुल अवस्थामा छ । सरकार र निजी क्षेत्र दुबैले यो महामारीबाट रोजगारी र व्यवसाय बचाउन प्रयासरत रहेको उनको भनाइ छ । तैपनि कतिपय उद्योग व्यवसाय बन्द भएका छन र कतिपय उद्योग ५० प्रतिशत क्षमतामा संचालन भइरहेका छन । विषम् परिस्थितिमा स्वेदशी उत्पादन, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता र नेपाली वस्तु तथा सेवाको माग बढाउने लक्ष्यका साथ सीएनआइले मेला सुरु गरेको अध्यक्ष मोरले जानकारी दिए ।
उनले यस मेक इन नेपाल स्वदेशी अभियानको मुख्य लक्ष्य हरेक वर्षमा एक हजार उद्योग संचालनमा ल्याउने, कुल गार्हथ्य उत्पादन (जीडीपी)मा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्याउने, हरेक वर्ष डेढ लाख रोजगारी सिर्जना गर्ने र पाँच वर्षमा वार्षिक निर्यात ४÷३ अर्व डलर पुयाउने रहेको बताए । ‘मेक इन नेपाल स्वदेशीको नारा हाम्रो सामान, हामै स्वाभिमान रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि मुख्य सचिव शंकर दास बैरागीले सीएनआईको यो अभियान अत्यन्त महत्वपूर्ण कदम भएको उल्लेख गरे । उनले विभिन्न देशमा यस्तो अभियान आ–आफ्नै ढंगले संचालन गरिरहेको र ती देशले अवलम्बन गरेका अभियानहरुबाट सिकेर नेपालले यस स्वदेशी अभियानलाई अघि बढाउन सकिने बताए । उनले अभियानमा नेपाल सरकारले कसरी सहकार्य गर्न सकिन्छ भन्नेमा आफ्नो धारणा समेत राखे ।
कार्यक्रममा सीएनआईका प्रमुख आर्थिक सल्लाकार डा. विश्व पौडेलले मेक इन नेपाल स्वदेशी अभियानका लक्ष्यहरु र त्यसलाई हासिल गर्ने रणनीतिबारे प्रकाश पारे । उनले व्यवसायमैत्री वातावरण, आत्मनिर्भर हुन सक्ने उद्योगहरुको उत्पादनलाई प्रोत्साहन एवं सहयोग गरेर, सेवा क्षेत्रलाई आधुनिकीकरण गरेर र सर्वसाधारणमा स्वदेशी उत्पादन प्रयोग गर्ने अभियान चलाएर मेक इन नेपाल–स्वदेशीका लक्ष्यहरु हासिल गर्न सकिने बताए ।
‘हामीले पाँच वर्षमा साइड बिजनेस इन्डेक्स मा ३० औ स्थान माथि उस्लने लक्ष्य लिन सक्छौं । यसका लागि व्यवसाय सुरु गर्ने प्रक्रियालाई सहज बनाउने र डिजिटलाइजेसनलाई प्रोत्साहित गर्नुपर्छ,’ डा पौडेलले भने । नेपाली सेवा र वस्तु उपभोग बढाउन अभियान नै चलाउनुपर्ने बताउँदै नेपाली उत्पादनको प्रमुख उपभोक्ता नेपाल सरकार नै भएको र त्यसका लागि सरकारले प्रतिबद्धता व्यक्त गर्नुपर्ने सुझाव दिए ।
त्यसैगरी, कार्यक्रममा सीएनआईका उपाध्यक्ष अनुज अग्रवालले स्वेदशी अभियानका विषयमा आफ्नो प्रस्तुती दिएका थिए । ‘नेपालमा बनेको सेवा वा वस्तुलाई प्राथमिकता दिने राष्ट्रिय अभियान हो’ उनले भने, ‘स्वदेशी उद्योगले उत्पादन गरेको वस्तु पनि विश्वस्तरीय छन्, । नेपाली उत्पादनको गुणस्तरमा कुनै कमी छैन, मात्र उपभोक्ताको सोचमा परिवर्तन ल्याउन जरुरी छ ।’
परिसंघका बरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले आयात प्रतिस्थापन र स्वदेशमा नै सामानहरुको उत्पादनलाई विशेष प्राथमिकतामा राखी यो अभियानको परिकल्पना गरेको बताए ।
‘मेक इन नेपाल–स्वदेशीु एउटा महान अभियान हो जसको उद्देश्य स्वदेशी र अन्तर्राष्ट्रिय कम्पनीहरुलाई आफ्नो उत्पादन र लगानी नेपालमै गर्न प्रोत्साहित गर्नु हो’ वरिष्ठ उपाध्यक्ष अग्रवालले भने, ‘यो अभियानले नेपाललाई उत्पादनको केन्द्र बनाउनेछ विदेशी लगानीलाई आकर्षित गर्नेछ र लाखौ रोजगारी सिर्जना गर्नेछ, नेपालमा व्यवसाय गर्न सहज बनाउने र नेपालको अर्थतन्त्र विस्तार र बद्धिका लागि यो महत्वपूर्ण सावित हुनेछ ।’