काठमाडौं । हिमालय एयरलाइन्सले दुबईको जनरल सेल्स एजेन्ट(जीएसए) हेल्लो हिमालयन ट्राभल एण्ड टुर्सलाई दिएको छ । यसअघि जीएसएको काम गर्दै आएको फिस्टेल टुर्स एण्ड ट्राभललाई म्याद थप नगरी हिमालयन ट्राभल एण्ड टुर्सलाई दिएको हो ।
एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले फ्रेब्रअरी १४ देखि लागू हुने गरी नयाँ जीएसए नियुक्त गरिएको जानकारी दिए । दुबईमा आफ्नो एयरलाइन्सको बिजनेशलाई प्रभावकारी बनाउने उद्धेश्यका साथ जीएसए परिवरिवर्तन गरिएको उनको भनाई छ ।
हिमालय एयरलाइन्सले दुबईमा साताको ५ उडान गर्दै आएको छ । रोजगारी र घुमघामका लागि धेरै नेपालीहरु जाने गन्तव्य मध्येको दुबई एक हो । एयरलाइन्सले प्रत्येक साताको आइतबार,सोमबार,मंगलबार र बुधबार गरी पाँच वटा उडान गर्दै आएको छ ।
हिमालयन निजी क्षेत्रबाट सञ्चालित अन्तर्राष्ट्रिय उडान गर्दै आएको एक मात्र एयरलाइन्स हो । नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स्, अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो ।
हाल हिमालय एयलाइन्सले अबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ्ग र छोड्ंछिडं्मा उडान गर्र्दैै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने हिमालय एयरलाइन्स् एक मात्र एयरलाइन्स् हो र हाल चीनमा उडान भर्ने पनि एक मात्र नेपाली एयरलाइन्स हो ।
एयरलाइन्ससँग १८० इकोनोमी क्लास सीट भएका तीन ए ३२०–२१४ सिरिज र ८ बिजनेस क्लास र १२० इकोनोमी क्लास सीट भएको एक ए३१९–११५ एयरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ ।