जापानमा नेपाली हस्तकलाको व्यापार, नेपालमा जापानिज कल्चरको रेष्टुराँ 

account_box सुवास योञ्जन ,
प्रकाशित: २०७७ फागुन २२, शनिबार,०७:००:AM  
जापानमा नेपाली हस्तकलाको व्यापार, नेपालमा जापानिज कल्चरको रेष्टुराँ 

कोभिडको भय विस्तारै कम हुँदै गएको अनुभूति हुँदा सहरका युवापुस्ता पनि विस्तारै रात्रिकालीन जीवनमा फर्किन थालेका छन् ।  एक वर्ष बढी कोभिडले क्लब र पब नगएका नयाँ पुस्ताहरू पछिल्लो पटक पब, क्लब र डिस्को थेक पुग्न थालेका छन् । 

साँझदेखि मध्यरातसम्मका लागि पबको नयाँ ठेगाना थपिएको छ । दरबारमार्गको दरबारमलको लण्डन पब । कोभिड महामारी सुरु हुनुअघि केही अघि मात्र डेकोरेसन सकेर सञ्चालनमा आए पनि महामारी र त्यसपछिको लकडाउनले बन्द रहेको लण्डन पब पछिल्लो पटक ‘फुल फेज’मा सञ्चालनमा आउँदा मदिरा प्रेमीहरू पनि आनन्दित छन् । 

May be an image of drink and indoorपछिल्लो समय नेपालमा पब संस्कृति फस्टाउँदो छ । दिनभरि काममा व्यस्त भए पनि रात्रिकालीन समयमा एकैछिन भए पनि रमाइलो गरौं भन्ने जमातको संख्या बढिरहेको छ । उनीहरू अहिले दैनिकजसो पबमा जाने र केही समय रम्ने, रमाउने गर्छन् ।

नेपालमा पनि अहिले विभिन्न पबहरू सञ्चालन हुँदै आएको छ । विशेष गरेर ठमेल र दरबारमार्गमा यस्ता पबहरू खुल्न थालेका छन् भने पोखरामा पनि पब सञ्चालनमा छन् । विशेष गरेर पब भनेको ब्रिटिसहरूको कल्चर हो ।

दिनभरि सबैजना काममा व्यस्त हुने भएकाले रातिको समयमा रिफ्रेस बन्ने ठाउँको रुपमा उनीहरूलाई पबलाई प्रयोग गरेको पाइन्छ । विस्तारै यो कल्चर विश्वभर फैलिएको छ । 

नेपालमा पनि पबले राम्रो बजार लिइरहेको छ । हजारौं युवाहरू अहिले पबमा गएर झुमिरहेका हुन्छन् । पछिल्लो समय सेलिब्रेटीदेखि बिजनेस म्यानहरू, कर्पोरेट हाउसका कर्मचारीहरूदेखि अन्य युवाहरूको रोजाइ ‘लण्डन पब’ बनेको छ । 

पछिल्लो समय लोकप्रिय बनेको सो पबका सञ्चालक हुन प्रकाश घिमिरे । जसले जापानमा नेपालको हस्तकलाको सामान बेच्छन् भने नेपालमा युरोपको पबदेखि जापानिज रेष्टुराँको झल्को दिने व्यवसाय गर्छन् ।

May be an image of 3 people, people standing and indoor

सिभिल इन्जिनियरिङ अध्ययन गरेका घिमिरेको मुख्य व्यवसाय भने ह्याण्डिक्राफ्ट, सनरेज ह्याण्डिक्राफ्ट  हो । अध्ययन इन्जिनियरिङ तर्फको भए पनि आफ्नै लगानीमा केही नयाँ काम गर्नुपर्छ भन्ने सोच उनमा सानैदेखि थियो ।

म एक्लैले लगानी गर्दा केही मान्छेलाई रोजगारी दिन सकिन्छ भने त्यस्तो काम गर्छु भन्ने सोच उनले बनाइरहेका थिए । कलेजबाटै उनी अस्ट्रेलिया गएका थिए । त्यहाँ केही समय पढेँ र जागिर पनि खाएँ । त्यहाँको जागिर छोडेर उनी जापानतर्फ लागे ।

जापान पुगेपछि नयाँ काम के गर्ने भन्ने सोच बनाइरहेको बेला नेपालमा बनेका ह्याण्डिक्राप्टलाई जापान ल्याएर बिक्री गर्न पाए हुन्थ्यो भन्ने उनलाई परेको थियो । त्यही सोचका साथ नेपालमा आएर यहाँका दिदी–बहिनीहरूले हातले बुनेका विभिन्न सामग्रीहरू लगेर त्यहाँका पसल–पसलमा बिक्री गर्न थाले । 

त्यहाँ बजार विस्तार हुँदै गर्दा उनले नेपालमा आफ्नै उद्योग खोल्ने सोच बनाए  । जापानमा आउने अर्डरअनुसार यहाँ सामान बनाउने र त्यहाँ लगेर बिक्री गर्न लागे । उनले सन् २००० बाट भने व्यावसायिक रुपमै आफ्नो उद्योग सुरु गरे । 

२०÷२५ लाखको लगानीबाट सुरु भएको उनको व्यवसायी यात्रा अहिले जापान र नेपालमा विभिन्न क्षेत्रमा फैलिएको छ । सुरुमा २÷३ जना कर्मचारी राखेर सुरु गरेको उद्योगमा हाल ३ सय जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

उहाँहरू सन् २००० देखि हालसम्म मेरै उद्योगमा लागिरहेका छन् । अफिसमै बसेर काम गर्नेहरू भने ४० जना छन् भने अन्यले घरमै बसेर सामग्रीहरू बनाउने गरेका छन् ।

हातले बुनेको सुइटर, टोपी, गलबन्दी, पन्जालाई जापानिजहरूले खुब मन पराउने गरेका छन् । जापानिजले पहिलो कुरा त नेपाली परम्परा, संस्कृति र नेपालीहरू नै मन पराउने भएकाले हातले बुनेका सामग्रीहरू उनीहरूको पहिलो रोजाइमा पर्ने गरेको छ । हस्तकलाका सामग्रीहरू लामो समयदेखि मन पराउँदै आएका छन् । यसले गर्दा नेपाली उत्पादनले त्यहाँको बजारहिस्सा राम्रो ओगटेको छ ।

नेपाल र जापान आउने जाने क्रम निरन्तर रह्यो । उनले जापानिज नै विवाह गरे । त्यहाँकै नागरिकसँग विवाह गरेपछि उनको ब्यापारमा थप सहज भयो । उनलाई एउटै काममा मात्र रमाउन मन लाग्दैन । त्यही भएर उनले ह्याण्डिक्राफ्टको बिजनेसलाई सेटअप गरेपछि नयाँ काम गर्नुपर्छ भन्ने सोच बनाए ।

अलिकति जोखिम मोल्ने किसिमको बिजनेस गर्न रुचाउने घिमिरेले जापानमै रेष्टुराँ व्यवसाय सुरु गरे । जापानमा हाल उनको दुईवटा रेष्टुराँ सञ्चालनमा छ । करिब १२ वर्ष अघिबाट सुरु गरेको रेष्टुराँमा नेपाली श्रमिकहरूलाई नै उनले काममा राखेका छन् । नेपालमा भने उनले साझेदारीमा रेडमड कफीसप सञ्चालनमा ल्याएका थिए ।

जापानमा व्यवसाय फस्टाउँदै गए पनि उनलाई नेपालमा लगानी विस्तार गर्ने हुटहुटी भने चलिरहेको थियो । ह्याण्डिक्राफ्ट बाहेक अन्य क्षेत्रमा पनि लगानी गर्ने सोच उनमा थियो ।

विदेशलाई काम गर्ने ठाउँको रुपमा लिए पनि त्यही गएर बस्ने र पलायन हुने भन्ने विषय भने कदापी उनलाई भएन । त्यही भएर उनी जापान र नेपाल आउने जाने निरन्तर गरिरहन्छन् ।

नेपालमा नयाँ केही गर्न सकिन्छ भनेर सोच लिइरहेका घिमिरेको नजर दरबारमार्गमा रहेको नवनिर्मित दरबार मलमा प¥यो । आफूले खोजेकै जस्तै ठाउँ पाएपछि उनले त्यहाँ पब सञ्चालन गर्ने सोच बनाएर अघि बढे ।

नेपालमा विस्तारै–विस्तारै फस्टाउँदै आएको पब हाउसहरूमा लगानी विस्तार गर्ने सोचका साथ उनी त्यसतर्फ लागे । 

दरबार मलमै जापानिज रेष्टुराँ ‘मात्सुरी टोकियो’ 

May be an image of 1 person, standing, indoor and text that says '紧 深 ATSURI TOKYO'

२० वर्षसम्म जापानमा व्यवसाय गर्दै आएपछि त्यहाँका रीतिरिवाज र परम्पराले उनलाई केही मात्रामा छोइसकेको थियो । त्यसमाथि जीवनसाथी पनि जापानिजनै भएकाले पनि त्यहाँको संस्कृति र परम्परासँग नजिक हुने नै भए । त्यसमा पनि त्यहाँको परिकारले भने उनलाई सधंै लोभ्याउने गरेको छ । 

त्यही भएर नेपालमा पनि त्यहाँका परिकारको स्वाद चखाउने उद्देश्यका साथ उनले रेष्टुराँ सञ्चालन गर्ने निधो गरे । अहिले केही महिना अघिबाट दरबार मलमै जापानिज रेष्टुराँ मात्सुरी सञ्चालनमा छ । 

उनको रेष्टुराँका परिकारहरूका लागि आवश्यक मसलाहरू जापानबाटै ल्याउने गरेका छन् । जापानमा पाइने टिपिकल परिकारहरू नेपालीहरूलाई चखाउने उद्देश्य आफूले लिएको बताउँछन् । जापानिज परिकारहरू पाइने भएकाले पछिल्लो समय सो रेष्टुराँ धेरैको रोजाइमा परिरहेको छ ।

May be an image of 3 people, people sitting and indoor

नेपालमा लगानीभन्दा सामान जुटाउन समस्या  

नेपालमा लगानी गर्नभन्दा त्यसका लागि आवश्यक सामानहरू जुटाउनै समस्या छ । यहाँको हिसाबमा जापानमा १ क्लिक गर्ने बित्तिकै आवश्यक सबै सामानहरू तत्कालै पाउन सकिन्छ । तर, नेपालमा भने बिजुली, पानी र टेलिफोन जोड्नसमेत हप्तौं लाग्छ । सम्बन्धित कार्यालयमा धाइरहनु पर्ने झण्झट धेरै छ । यसमा सम्बन्धित निकायलाई बुझ्न आवश्यक छ ।

कमाउँदै लगानी गर्दै

घिमिरेले आफ्नो लगानी कति छ भन्ने खुलाउन भने चाहेनन् । दरबार मलमै लण्डन पब र जापानिज रेष्टुराँ सञ्चालन गर्दै आएका उनले आफूले कमाउँदै लगानी गर्ने भएकाले यति ऋण र यति धन छ भन्ने जानकारी गराउन नसक्ने बताउँछन् । अहिले लण्डन पबमा १८ देखि २० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् भने जापानिज रेष्टुराँमा १२ देखि १५ जनाले रोजगारी पाइरहेका छन् ।

May be an image of 3 people and indoor

भोटेकोसीमा रिसोर्ट

सिन्धुपाल्चोक जिल्लाको भोटेकोसीमा रिसोर्ट निर्माण गरी सञ्चालनको तयारीमा लागेका छन् । रेष्टुराँ र पबसँगै रिसोर्टमा समेत उनले आफ्नो लगानी बढाउन लागेका हुन् । रिसोर्टसँगै फार्मिङसमेत रहनेछ । त्यस क्षेत्रमा उत्पादन भएका कृषिजन्य वस्तुलाई उपयोग गर्ने उद्देश्य उनले लिएका छन् ।

४० रोपनी क्षेत्रफलमा रिसोर्ट रहनेछ । कंक्रिट विल्डिङ नबनाउने र प्रकृतिसँगै आफ्नो समय बिताउने वातावरण त्यहाँ पाउने छन् । कोभिडका कारणले निर्माणमा केही प्रभावित भएकाले अवको १ वर्षभित्रमा सञ्चालनमा ल्याउने सोच बनाएका छन् ।

सामाजिक सेवामा सक्रिय

घिमिरे व्यवसायमा मात्र होइन, सामाजिक क्षेत्रमा समेत सक्रिय भइरहेका छन् । कमाउने मात्र होइन, केही त्यसबाट बचेको रकम दीन दुखीलाई सहयोग गर्नुपर्छ भन्ने भाव उनीसँग छ । त्यही भएर उनले आफ्नो साथीहरूसँगको सहकार्यमा भूकम्पमा भक्तपुरमा ५० वटा अस्थायी घर बनाएका थिए ।

त्योसँगै सिन्धुपाल्चोकमा गत वर्ष खानेपानीको ट्याङ्की र धारा निर्माण गरिदिएका थिए । पानीकै लागि दैनिक २ घण्टा टाढा जानुपर्ने समस्या अहिले टरेको छ । त्यहाँका करिब १५ देखि २० घरपरिवार लाभान्वित भएका छन् ।

सुवास योञ्जन

क्यापिटल नेपालका संवाददाता हुन्

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top