बुधबार, असार २ २०७८ ०६:४१ PM

×

भोकाको पेट भर्दैछन् वीरगन्जका उद्योगी

images

काठमाडौं । लकडाउनको समयमा वीरगन्जका विभिन्न ठाउँमा भोकाहरुको भोक मेट्दै गरेका उद्योगी विनय शाहालाई समाज सेवा गर्न धेरै मन पर्छ । विगत १५/१६ वर्षदेखि विपन्न र असहायलाई सहयोग गर्दै आएका उनले कोरोना भाइरसको संक्रमणमा पनि सहयोगको कार्यलाई निरन्तरता दिइरहेका छन् ।अचेल उनको दिनचर्या वीरगन्जका गल्ली-गल्लीमा रहेका भोकाको भोक मेटेर बिताउने गरेको छु । 

अहिले मात्रै होइन गत सालको लकडाउनमा १ सय २३ दिन खाना खुवाएका उनले फेरि कोरोनाको संक्रमणले पहिला कै जस्तो अवस्था आउला भनेर सोचेका थिएनन् विनयले । तर, समयको चक्रसँगै कोरोनाको दोस्रो लहर नेपालमा पनि देखापर्यो । सरकारले आवश्यकताअनुसार, लकडाउन र निशेधाज्ञा गर्ने अधिकार स्थानीय तहलाई जिम्मा लगायो । त्यसकै प्रभाव भारतसँग सीमा जोडिएको पर्सा जिल्लामा पनि पर्यो र लकडाउनको घोषणा भयो । तर, ज्याला मजदुरी गरेर खाने समुदायका लागि तयारी भने वीरगन्ज महानगरपालिकाले गर्न सकेन । 

त्यसो त काठमाडौंको टुँडिखेलमा गतसाल समाजसेवीले खाना खुवाउँदा केन्द्र सरकारसमेत मुकदर्शक बन्यो । तर, दोस्रो लकडाउनका लागि उचित तयारी अझै गर्न सकेको छैन । 

स्थानीय सरकारले उचित कदम चाल्न नसकेपछि वीरगन्जका उद्योगीले विपन्न समुदायको भोक हेरेर बस्न सकेनन् । २३ गतेबाट सुरु गरे निःशुल्क खाना वितरण अभियान । 

उद्योगी साह भन्छन्, ‘कतिपय बिरामीका कुरुवासँग पैसा हुन्छ तर, लकडाउनको कारण सबै पसल बन्द छ । हस्पिटलबाट खाना खानका लागि घर पुग्न पनि समस्या हुने भएकाले हामीले सहयोग होस् भनेर खाना वितरण थालेका हौं ।’

उनीहरुले दैनिक ३ सयदेखि ५ सय जनालाई खाना खुवाउँदै आएका छन् । गाडीमा खाना लिएर वीरगन्जको बसपार्क, नारायणी क्षेत्रीय अस्पताल, माइथान मन्दिर, घण्टाघरलगायतका स्थानमा उद्योगीहरु पुग्ने गर्दछन् । 

शाहाकारी खाना वितरण गर्दै आएको समर्पण सेवा संस्थानले स्वास्थ्यबर्धक खाने कुरालाई जोड दिने गर्दछ । त्यसैले कार्बोहाइड्रेडभन्दा पनि प्रोटिनयुक्त खाने कुरा गेडागुडी, भटमास, दाललगायत मिसाएर खाना वितराण गर्ने गरेको साहले बताए ।

सहयोगी मनका धनी साह परिवारमा पैसाको कुरा भने गर्न चाहँदैनन् । उनले भने, ‘हामीले स्वइच्छाले गरेको काम हो, पैसाको हिसाब किताब गर्ने गरेको गरिएको छैन । संस्थामा पनि परिवार भित्रकै मान्छे छौं । उनीहरुलाई सन्तुष्टि त्यो बेला प्राप्त हुन्छ, जब दुःखी, असहाय, भोकाको अनुहारमा खुसी देखिन्छ । साहका अनुसार, यसपालिको खाना वितरण अभियान लकडाउन रहेसम्म जारी रहनेछ । 

उनीहरुले सरकार र अन्य कसैसँग पनि खाना वितरण गर्नका लागि सहयोग मागेका छैनन् । तर, स्वइच्छाले गत सालको लकडाउनमा ग्यास, चामल, तरकारीलगायतका सहयोग आएको थियो । उक्त सहयोग मात्रै नभई सामाजिक कार्यमा सबैको सहभागिता र समर्पण सेवा संस्थानको काम राम्रो भनि हौसला प्रदान गर्ने माध्यम रहेको उनीहरुको भनाइ छ । खाना वितरण गर्नका लागि १५/१६ जना निरन्तर हिँड्ने गर्दछन् । 
साह झंकार चप्पल, रारा चप्पल उद्योगलगात कपडा, प्रेस्टिज कागज उद्योगमा प्रत्यक्ष रुपमा ४ सय बढीले रोजगारी पाएका छन् । लकडाउनको समयमा भने उक्त उद्योगबाट चप्पल उत्पादन हुँदैन । ‘उत्पादन गरेर मात्रै हुँदैन बिक्री गर्न अहिले सम्भव छैन । हाम्रो गोदामको क्षमता पनि सीमित हुन्छ, धेरै स्टक राख्न मिल्दैन’ सञ्चालक साह भन्छन् । 

पहिलाको लकडाउनमा कामदारलाई सरकारले तोकेअनुसार तलब दिएका उक्त उद्योगहरुले अहिले उद्योग बन्द भए पनि कामदारको सेवा सुविधा नरोक्ने बताएका छन् । 

‘सरकारले नभने पनि हामी हाम्रा कामदारलाई उसै राख्दैन थियौं । उनीहरुको अरु विकल्प नभएपछि हामी आफ्नो कर्तव्यबाट पन्छिन त मिल्दैन । अन्य व्यक्तिलाई खाना बाँढ्दै हिँड्ने हामी आफ्ना कामदारलाई दुःखमा पुर्याउनत सक्दैनौं’ समाज सेवामा समर्पित रहेका उद्योगी साह बताउँछन्  ।

त्यसका साथै मास्कका लागि चाहिने स्लस्टिको धागो समेत उनीहरु उत्पादन गर्ने गर्दछन् । ‘अमन स्लास्टि टेप उद्योग’बाट पहिलादेखि नै मास्कका लागि चाहिने धागो उत्पादन गर्दै आए पनि कोरोना भाइरसको संक्रमण बढेसँगै उत्पादन क्षमता पनि विस्तार गरिएको छ । 

समर्पण सेवा संस्थानले लकडाउनको समयमा मात्रै होइन विगत १५/१६ वर्षदेखि समाज सेवा गर्दै आएको छ । देशका विभिन्न २० भन्द बढी ठाउँमा चिसो पानीका मेसिन जडान, जाडोको समयमा विपन्न समुदायलाई सिरक, गरुढामा रहेको प्रहरी स्कुलका बालबालिकालाई चप्पल प्रदान गर्दै आएको छ । 

‘त्यस्तै देवघाटमा धर्मशाला, वीरगन्ज को प्रहरी चौकी छेउमासमेत धर्मशाला बनाएका छन्’ साह भन्छन्, ‘सेवाग्राहीको आशीर्वादले हामी निरन्तर सहयोगमा जुटिरहन सकेका हौं । उहाँहरु हाम्रो कामको शब्दमा बयान गरेर बोल्न सक्नु हुन्न । अनुहारमा देखिने भावले हामी सन्तुष्ट हुन्छौं ।’ 

शनिबार २५ बैशाख २०७८ ०५:११ PM मा प्रकाशित

प्रतिक्रिया