काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन काठमाडौं उपत्यकाभित्रका दुई महानगरपालिकासहित १८ वटै नगरपालिका प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृत समक्ष आव्हान गरेका छन ।
बुधबार मन्त्रालयमा सबै नगरपालिकाका प्रमुख, उप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरेर मन्त्री भट्टराईले भ्रमण वर्ष उद्धघाटनमा सबैको सहभागिता अनिवार्य भएको बताए ।
मन्त्री भट्टराईले महानगरपालिका, नगरपालिका तहबाट गरिने अन्तराष्ट्रिय कार्यक्रम भ्रमण वर्षभरी नेपालमै गर्ने बातावरण बनाउपनि आग्रह गरे ।
कार्यक्रममा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भ्रमण वर्ष २०२० को बिशेषताका बिषय विश्वभर प्रवाह गर्नु पर्ने बताए ।
ललितपुर महानगरपालिका प्रमुख चिरीवावु महर्जनले आफूहरुले गत सम्टेम्बरबाटै भ्रमण वर्ष २०२० केन्द्रित कामको शुरुवात गरेको उल्लेख गर्दै पर्यटक आकर्षण गर्न महानगरक्षेत्रमा भएको कामको जानकारी गराए । महानगर क्षेत्रभित्र ब्लु एण्ड ग्रिन याजना अन्र्तगत काम भइरहेको उल्लखे गर्दै उनले सफाईलाई बढी ध्यान दिएर पर्यटकको बसाई लम्ब्याउने र खर्च बढाउने खालका योजना तर्जुमा गरेर काम भईरहेको बताए ।
कार्यक्रममा बुढानिलकण्ठ, टोखा, भक्तपुर, महालक्ष्मी, किर्तिपुर, गोकर्णेश्वर, चागुँनारायण, तारकेश्वर, दक्षिणकाली, शंखरापुर, चन्द्रागिरी,नार्गाजुन, मध्यपुर ठिमी, सुर्यविनायकलगायतका सबै नगरपालिकाका प्रमुख÷उपप्रमुखहरुले भ्रमण वर्ष सफल पार्न भईरहेका कामको जानकारी गराउनका साथै उद्धघाटनसमारोहलाई भव्य बनाउन सक्रिय सहभागिताको प्रतिवद्धता व्यक्त जनाएका छन् ।