×

फोनपेको 'फोनपे डाइरेक्टमार्फत पैसा पठाउँ, ठाउँको ठाउँ' अभियान सञ्चालनमा

images

काठमाडाैं । फोन पे पेमेन्ट सर्भिस लिमिटेडले डिजिटल बैंकिङका बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘फोन पे डाइरेक्टमार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’  अभियान सुरु गरेको छ ।  

नेपाल राष्ट्र बैंकबाट नेपालको पहिलो अनुमति प्राप्त पेमेन्ट सिस्टम अपरेटर तथा डाइभर्सिफाइड डिजिटल फाइनान्सियल सर्भिस (डीएफएस) होल्डिङ कम्पनी फोन पेले निरन्तर रुपमा रूपमा डिजिटलाइजेसनको वृहत् पहुँचलाई आत्मसाथ गर्दै सेवा सञ्चालन गर्दै आएको छ । 

फोन पे डाइरेक्ट फोन पेको डिजिटल कारोबारको इकोसिस्टम अन्तर्गतको अर्को नवीन सेवा हो  । यहाँ मोबाइल बैंकिङ्ग एपको मार्फत् सहज एवं सुरक्षित रुपमा मोबाइल बैंकिङ एपमार्फत रकम भुक्तानी एवं रकम प्राप्त गर्न सकिन्छ । 

पैसा पठाउनका लागि पैसा पठाउने व्यक्तिले आफ्नो मोबाइल बैंकिङ एप लगइन गर्नुपर्छ । लगइन गरेपछि सेण्ड मनि अप्सनमा गइ फोन पे डाइरेक्टरलाई छनौट गरी पठाउन चाहेको रकम, प्राप्त गर्ने व्यक्तिको खाता भएको बैंकको नाम तथा खातामा लिंक भएको मोबाइल नम्बर राखेर पठाउन सकिन्छ । 

यो “पैसा पठाऔं ठाउँको ठाउँ” अभियानले यसको बृहत् फिनटेक नेटवर्कमार्फत रकम  स्थानान्तरणलाई सहज एवं सुव्यवस्थित गर्न सक्ने अपेक्षा कम्पनीको छ ।

आइतबार​ १९ असार २०७९ ०५:३६ PM मा प्रकाशित

प्रतिक्रिया