×

सुनकोसी–मरिण डाइभर्सनः टीबीएम मेसिन राख्न संरचना तयार, साउनदेखि सुरुङ खन्ने 

images

काठमाडौं । निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सनको सुरुङ खन्न संरचना तयार पारिएको छ । 

images

सुनकोसी–मरिण डाइभर्सनः टीबीएम मेसिनले असारदेखि सुरुङ खन्ने, लागत १० अर्ब

चाइना ओभरसिरिज इन्जिनियरिङ कम्पनी (कोभेक) ले सुरुङ खन्ने जिम्मेवारी लिएको छ ।आयोजनाको बाँध, सुरुङ र विद्युतगृह संरचना बनाउन ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

डाइभर्सनको सुरुङ खन्ने जिम्मा चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी (कोभेक)ले लिएको छ । टनेल बोरिङ मेसिन (टीबीएम) को संरचना राख्न ४० मिटर सुरुङ खनेको आयोजनाका सूचना अधिकारी रवि शाक्यले बताए । 

images

सुनकोसी–मरिण डाइभर्सनमा पर्ने रूख काट्न अनुमति, अर्थद्वारा २० अर्बको स्रोत सुनिश्चितता 

सुनकोसी मरिण डाइभर्सन आयोजनाले माग गरेको २० अर्ब रुपैयाँ स्रोत सुनिश्चितता अर्थ मन्त्रालयले दिने भएको छ । आयोजनाको बाँध, सुरुङ, विद्युतगृह र सिँचाइका अन्य भौतिक संरचना बनाउन ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये सुरुङ खन्न अर्थ मन्त्रालयले १६ अर्ब रुपैयाँ स्रोतको यसअघि नै सुनिश्चित गरिसकेको थियो ।

४० मिटर सुरुङ मानिसले खने पनि बाँकी सुरुङ टीबीएमको प्रयोगबाट खन्ने निर्माण कम्पनी कोभेकको तयारी  छ । यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि कोभेकले टीबीएमको प्रयोग गरेर सुरुङ खनेको थियो । नेपालमा भेरी–बबईको सुरुङ खन्ने काम राम्रो र छिटो सम्पन्न भएको मानिन्छ । 

यसअघि सुनकोसी–मरिण डाइभर्सनमा मेसिन राख्नको लागि सुरुमा ५० मिटर सुरुङ मानिसले खन्ने बताइएको थियो । तर, ४० मिटर खन्दा मेसिन राख्न मिलेपछि मानिसले सुरुङ खन्ने काम बन्द गरिएको सूचना अधिकारी शाक्यको भनाइ छ । 

१० अर्ब रुपैयाँमा उक्त सुरुङ खन्न लागि कोभेकसँग ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । आयोजनाको बाँध, सुरुङ र विद्युतगृह संरचना बनाउन थप ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

त्यस्तै टीबीएम मेसिनले साउन लागेपछि मात्रै सुरुङ खन्न सुरु गर्ने भएको छ । यसअघि असारबाट टीबीएम मेसिनले सुरुङ खन्न सुरु गर्ने भनिए पनि मेसिनको लागि आवश्यक सामान ल्याउने काम भइरहेकाले साउनबाट मात्रै प्रयोग हुने भएको हो । 

सूचना अधिकारी शाक्यले भने, ‘आहिले कोभेकले सुरुङ खन्नको लागि सामान आयात गरिरहेको छ, एक महिना जति सामान आउन र जडान गर्न लाग्छ होला, साउनबाट खन्न सुरु हुन्छ ।’ 

१ वर्ष ३ महिनामा ६.५ प्रतिशत भौतिक प्रगति 

मरिण डाइभर्सनको शिलान्यास २०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । शिलान्याससँगै सुरु भएको आयोजनाको निर्माणकार्य २०७९ वैशाख मसान्तसम्म ६.५ प्रतिशत भौतिक प्रगति भएको छ । ‘वैशाखसम्म भौतिक प्रगति ६.५ प्रतिशत र वित्तीय प्रगति ५.७ प्रतिशत भएको छ’, शाक्य भन्छन्, ‘सुरुङमा टिबीएमको प्रयोग भइसकेको छैन तर, मानिसले ४० मिटर खनेका छन् ।’

रामेछापतर्फ मुआब्जा वितरण सुरु 

स्थानीयले विभिन्न माग राखेर अवरोध गर्दा रामेछापतर्फ लामो समयसम्म मुआब्जा रकम वितरण हुन सकेको थिएन । स्थानीयले मुआब्जा रकम कम भएको भन्दै आयोजनालाई जमिन दिन मानेका थिएनन् । तर, अहिले स्थानीयले मुआब्जा रकम लिएका छन् । 

रामेछापतर्फ २२ हेक्टर जमिनमा ४१ करोड ६७ लाख ५ हजार ११३ रुपैयाँ वितरण गनुपर्ने छ । रामेछापतर्फ वैशाखबाट मुआब्जा वितरण सुरु भएको छ । हालसम्म १ हेक्टर जमिनको मुआब्जा वितरण भइसकेको छ । 

‘वैशाखबाट सुरु भएको मुआब्जा वितरण हालसम्म १ हेक्टर जमिनको वितरण भइसकेको छ’, सूचना अधिकारी शाक्यले भने, ‘सिन्धुलीतर्फको २० हेक्टर जमिनका लागि ४० करोड रुपैयाँ मुआब्जा रकम भने वितरण भइसकेको छ ।’

सुरक्षा निकायका लागि भवन बन्दै 

निर्माणाधीन डाइभर्सनमा सशस्त्र प्रहरी बलले सुरक्षा दिने भएको छ । प्रहरी बस्न आवश्यक भवन निर्माणको काम सुरु भएको आयोजनाले जनाएको छ । 

सुरुङ निर्माणको जिम्मेवारी लिएको कोभेकले गत पुसमा निर्माणस्थलमा सुरक्षाको माग गरेसँगै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले माघमा उक्त प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो । 

जिप्रका सिन्धुलीको प्रस्तावअनुसार गृहले असईको नेतृत्वमा सुरक्षा निकाय राख्न अनुमति दिइसकेको छ । आयोजनाका अनुसार सिन्धुलीको कुसुमटारमा असईको नेतृत्वमा सशस्त्र प्रहरी बस्नेछ । 

आयोजनाको मुख्य सुरुङ सुनकोसी र तामाकोसीको संगमस्थलबाट ९०० मिटर तल (सिन्धुलीको खुर्कोट तर्फ) १२ मिटर उचाइको बाँध बनाई निर्माण हुँदैछ । सुनकोसी र तामाकोसीको पानीलाई १३ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी सिन्धुलीको कमलामाई नगरपालिका २ कुसुमटारस्थित मरिण खोलामा खसाल्ने योजना छ ।

यस्तै ६६ मिटर हेडेटबाट पानी ३१ मेगावाट विद्युत् उत्पादन गर्ने पनि तयारी छ । सिन्धुली र रामेछापको सिमानामा निर्माण हुने परियोजनाले बागमती प्रदेश र मधेस प्रदेशलाई जोड्ने छ । मरिण डाइभर्सनमा निर्माण हुने करिब १३ किमि लामो सुरुङमार्गको चौडाइ ५.५ मिटर हुनेछ । सो आयोजनाबाट मात्रै थप ७७ हजार हेक्टर जमिनमा सिँचाइ पुग्नेछ । 

यसअघि नै बागमती सिँचाइ आयोजनाबाट ४५ हजार हेक्टरमा सिँचाइ पुगेको छ । २ वटा आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा जिल्लाको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य छ ।


 

बिहीबार १२ जेठ २०७९ ११:१४ AM मा प्रकाशित

प्रतिक्रिया