अनियमितताको आरोपमा प्रधानमन्त्री ओलीसहित ४ विरुद्ध अख्तियारमा उजुरी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन ११, आइतबार ,०४:०१:PM  
अनियमितताको आरोपमा प्रधानमन्त्री ओलीसहित ४ विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाल, मन्त्रालयका सचिव महेमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध आइतबार अख्तियारमा उजुरी परेको छ।

बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाविरुद्ध सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग ७० करोड ‘कमिशन’ मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् ।

प्रधानमन्त्री जस्तो जिम्मेवार र उत्तरदायी पदमा रहेका व्यक्ति यस्तो भ्रष्टाचार भएको प्रमाण आफ्नो जानकारीमा आएपछि भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्ने र मुद्दा चलाउने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिनुपर्ने दायीत्व र कर्तव्य रहेकोमा सो प्रमाण लुकाएकाले प्रधानमन्त्री पनि उक्त घटनामा संलग्न र मतियार रहेको स्वतः पुष्टी हुने निवेदनमा उल्लेख गरिएको छ ।

सेक्युरेटी प्रेस खरिद प्रकरणमा एजेन्टसँग ७० करोड घुस मागेको अडियो बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार पदबाट राजीनामा दिएका थिए।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top