यसरी हुदै छ ललितपुरमा मास्क उत्पादन (फोटो फिचर) 

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ चैत ४, मङ्गलबार,०५:३२:PM  
यसरी हुदै छ ललितपुरमा मास्क उत्पादन (फोटो फिचर) 

ललितपुर । कारोना सन्त्रासको कारण माग अत्याधिक भएपछि बजारमा मास्क तथा सेनिटाइजरको कालाबजारी हुन थालेको छ । सामान्य अवस्थामा १० रुपैयाँमा पाइने मास्क बजारमा सय भन्दा पनि बढीमा विक्री हुन थालेको छ ।

बजारमा बढ्दै गरेको कालाबजारीलाई रोक्न ललितपुर नगरपालिकाले आफ्नै पहलमा सेनिटाइजर र मास्क उत्पादन गर्न शुरु गर्ने तयारी थालेको छ । त्यसका लागि नगरभित्रका महिला समुहहरुलाई मास्क उत्पादन गर्ने तालिम समेत दिइरहेको छ । 

महानगरपालिका अन्तर्गत समाज कल्याण महाशाखाले महिला विशेष उद्यम अन्तर्गत ललितपुरको वडा नम्वर १ देखि १५ कासम्मका महिलाहरुलाई पहिलो चरणमा तालिम प्रदान गरिरहेको छ । त्यस्तै दास्रो चरणमा भने १६ देखि २९ वडाका महिलाहरुलाई तालिम दिइनेछ । पहिलो चरणमा ९० जना महिलाहरु सहभागि भएका छन् । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top