काठमाडौं । विश्वका अधिकाशं मुलुकमा कोरोना भाइरसको बढ्दो संक्रमणले आक्रान्त बनेको छ । त्यसबाट अछुतो नेपाल पनि रहन सकेन ।
अहिलेसम्म नेपालमा ५ जनालाई कोरोनाको संक्रमण देखिएको छ भने ती मध्ये १ जना ठिक भएर फर्किसकेका छन् । सरकारले थप व्यक्तिमा संक्रमण नबढोस भन्ने उद्वेश्यले १५ दिनको लागि लक डाउन गरिदिएको छ ।
लक डाउनका कारण अत्यावश्यक बाहेक कुनै यातायातका साधनहरु संचालनमा छैन । त्यस्तै बैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ भने आन्तरिक उडान लकडाउन भरि बन्द गरिएको छ ।
लकडाउन भएपछि अत्यावश्यक बाहेक अन्य सरकारी कार्यलय र निजी क्षेत्र पुर्ण रुपमा बन्द छ । एयरलाइन्स र हेलिकप्टर कम्पनी हरु पनि बन्द छ ।
तर, सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्स लाई भने अहिले भ्याईनभ्याई छ । भाइरसको संक्रमण को चिन्ता लाई थाती राखेर एयरलाइन्सका कर्मचारीहरु अहिले चार्टर उडान देखि औषधि लिनमा व्यस्त भईरहेको छ ।
भाइरसबाट लड्न चीनबाट आवश्यक औंषधि ,मास्क, पीपीई ल्याउने ,संक्रमण भएको आशंकामा ल्याव टेष्टका लागि नमुना संकलन ,अलपत्र पर्यटकको उद्वारदेखि चार्टर उडान मार्फत पर्यटक पुर्याउने समेतको जिम्मेवारी अहिले नेपाल एयरलाइन्सको जिम्मामा आईपरेको छ ।
सामान्य बेला लुक्लामा यात्रु पाउन मुस्किल हुने नेपाल एयरलाइन्सले अहिले सबैभन्दा बढि पर्यटक त्यहीँ बाट ल्याएको छ । चीनमा फेरि आषधि लिन जाने भएको छ ।
अहिले चीनमा कार्गो उडान थप गर्ने योजना बनाएको छ ।२ अप्रिलमा ग्वाङ्झाउमा अर्को उडान गर्ने भएको छ । यो उडानको चाटर्ड भने निजी क्षेत्रले गरेको हो ।यस्तै ग्वान्झाओ, छेन्दु, कुन्मिङ र सेन्जेनमा थप एक कार्गो फ्लाइट गर्ने तयारी गरेको छ ।
त्यतिमात्र हैन, बुधबार अस्ट्रेलियन नागरिकहरु लिएर चार्टर उडान गर्न लागेको छ । अहिले हामी दैनिक ५ घण्टा मात्र सुतेका छौ, नेपाल एयरलाइन्सका अप्रेसन चिफ दिपु ज्वार्चनले भने बाकी समय काममा खर्चिएका छौ ।चार्टर उडानको अनुमति लिन ३ दिनसम्म लाग्ने गरेको छ ।
तर,अहिले आपतकालीन अवस्थामा ४८ घण्टा भित्रै अनुमति लिएर जहाज उडाउन थालिएको छ । चीनमा औषधि लिन जाने बेला ४८ घण्टा भित्रै अनुमति लिईएको थियो ।
त्यति मात्र हैन,युरोपियन युनियन (इयु)ले नेपाली जहाजलाई कालोसूचिमा राखेको बेला अस्ट्रेलियामा चार्टरको अनुमति पाउन चुनौती थियो ।
नियमित उडानका लागि इयुको कालो सूचिका कारण अनुमति पाउन मुस्किल भईरहेको बेला चार्टर उडानको लागि अनुमति पाउनु उपलब्धिको विषय हो । चार्टर उडानपछि नियमित उडानको लागि अनुमति पाउन सहज हुने अनुमान लगाउन सकिन्छ ।
सामान्य अवस्थामा नेपाल एयरलाइन्स लाइ आलोचना गर्नेहरु अहिले त्यसैको भरमा सेवा लिईरहेको छ। राष्ट्रिय ध्वजाबाहक जहाज र सरकारी स्वामित्वको भएकाले पनि धेरै जिम्मेवारी नेपाल एयरलाइन्समा छ । त्यही भएर देशलाई संकटमा परेको बेला नेपाल एयरलाइन्सको यो साथलाई सबैले तारिफ गरिरहेका छन् ।