काठमाडौं । सरकारलाई गुणस्तरहीन सामान बेचेर माेटाे रकम कमाउने ओम्नीसँग गरेकाे सम्झाेता रद्द गरेकाे छ । बजार मूल्य भन्दा चार देखि ४५ गुणाासम्म महँगाेमा सामान किनेर सरकारलाई बेच्ने उद्धेश्य राखेकाे ओम्नीसँगकाे सम्झाैता रद्द गरेकाे हाे ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले भनेको समयमा सामग्री ल्याउन नसकेको भन्दै सम्झाैता रद्ध गरिएको हो । साथै कम्पनीले राखेको ५ करोड रूपैयाँ धराैटी समेत जफत गरिएको उनले जानकारी दिए ।
उनका अनुसार थप सामग्री ल्याउनका लागि फेरि टेन्डर खुला गरिनेछ । सरकारले ओम्नी समुहसँग चीनबाट मेडिकल सामाग्री आपूर्तिको लागि गरेको सम्झौतामा अनियमिता गरेको भन्दै सरकारको आलोचना भएको थियो ।
मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले कम्पनीले तोकिएको समयभित्र सामान ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय गरिएको बताए।
श्रेष्ठले चीनबाट सामान ल्याउन सहमति जनाएको कम्पनीले राखेको धरौटी जफत गर्ने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने पनि बताए।
तत्कालै झिकाउनुपर्ने भएकाले अनुमानित बजार मूल्यभन्दा २० प्रतिशत बढी रकममा ती सामग्री खरिद गर्ने गरी सम्झौता गरिएको श्रेष्ठले पत्रकार सम्मेलनमा बताए।
औषधि र परीक्षण सामग्रीको अभावलाई ध्यान दिँदै समय अत्यन्तै महत्त्वपूर्ण भएकाले त्यस्तो निर्णय लिनुपरेको उनको दावी थियो। सरकारी अधिकारीहरूले कतिपय विज्ञले प्रश्न उठाइरहेको ७५ हजार र्यापीड टेस्ट कीट खरिद गर्ने निर्णयको पनि बचाउ गरेका छन्।
एकै दिनमा ठूलो सङ्ख्यामा परीक्षण गर्नुपर्ने आवश्यकता हेरर उक्त निर्णय लिइएको भन्दै त्यसलाई उनीहरूले कोभिड१९ को परीक्षणको पूर्वतयारीका लागि चालिएको कदम भनेका छन्। उनले ती कीटहरूको गुणस्तरबारे परीक्षण गरेपछि मात्रै रकम भुक्तानी गरिने बताए।
अत्यावश्यक स्वास्थ्य उपकरणबारे बिहीवार पुनः तीन दिने सूचना जारी गरी इच्छुक आपूर्तिकर्तालाई आवेदन दिन अनुरोध गरिने उनले जानकारी दिए। उनका अनुसार छनोट हुने कम्पनीले बढीमा पाँच दिनभित्र समान आपूर्ति गरिसक्नुपर्नेछ।
मेडिकल सामाग्रीमा भ्रस्टाचार भएको भन्दै स्वास्थ्य मन्त्रीबिरुद्ध अख्तियारमा उजुरी
करोडौं खर्चिएर ल्याएको सामान नै ‘नक्कली’, प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयकै निर्देशन
अभाव देखाएर करोडौं लुट्ने प्रपञ्च, नेपालमा ७ रुपैयाँमा पाइने मास्क चीनबाट ३८ रुपैयाँमा किनिँदै (कुन सामानको मूल्य कति छ, हेर्नुस मूल्य)