हुण्डाईको कार किन्दा पहिलो किस्तामा आधा कम्पनीले दिने, बीमा र सडक करपनि

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ असार ८, साेमबार,०५:१०:PM  
हुण्डाईको कार किन्दा पहिलो किस्तामा आधा कम्पनीले दिने, बीमा र सडक करपनि

नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. (लक्ष्मी हुण्डाई) ले नयाँ कार लिने ग्राहकलाई पहिलो वर्षको किस्तामा ५० प्रतिशत किस्ता कम्पनीले राखिदिने जनाएको छ । 

कम्पनीले हाल कोविड(१९ को बद्िलँदो परिस्थितीलाई सहज बनाउन र आफ्ना ग्राहकहरुको यात्रामा निरन्तर साथ दिनको लागि विशेष प्याकेज ल्याएको जनाउँदै विभिन्न छुट र सुविधा पनि सार्वजनिक गरेको छ । 

कम्पनीले ग्राहकहरुका लागि यस विशेष प्याकेज अन्तर्गत हुण्डाई गाडीको खरिद गर्दा पहिलो वर्षको मासिक बैंक किस्तामा लक्ष्मी हुण्डाईले ५० प्रतिशतको साथ दिनेछ । यसका साथै ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको निस्शुल्क विमा, निस्शुल्क सडक कर (आ.व.७७र७८) का साथै स्पट एक्स्चेन्ज र सरल फाइनान्सको पनि फाईदा लिन सक्नेछन् । यस विषम परिस्थितीमा कोरोना भाईरसबिरुद्ध तत्पर रही लडी रहनु भएका स्वास्थ्यकर्मीहरुका लागि पनि लक्ष्मी हुण्डाईले विशेष प्याकेज उपलब्ध गराएका छन् । यससँगै चार वर्ष को निस्शुल्क सर्भिस र तीन वर्षको वारेन्टी पनि उपलब्ध रहेको छ  ।    
      

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top