बजेटबाट बाहिर निस्कन नसकेको स्टार्टअप व्यवसाय प्रवर्धन कार्यक्रम
- क्यापिटल नेपाल
- बिहीबार १२ जेठ २०७९ ०२:४० PM
नेपालमा उद्योग लगाउनै नसकिने गरी भूमिको मूल्य बढेको छ । जग्गा किनेर उद्योग लगाउन सक्ने वातावरण सरकारले बनाइदिनुपर्यो । सरकार आफैंले उद्योग राख्न जग्गा उपलब्ध गराउने नीति आउनुपर्यो । सरकार अहिले बजेट निर्माणमा जुटिरहेको छ । बजेटले उत्पादनको लागत कसरी घटाउने भनेर हेर्नुपर्छ ।
यसका लागि गैरआवासीय नेपालीले नेपाली नागरिक सरह गर्ने लगानीलाई प्रोत्साहन दिन विशेष प्याकेज ल्याउन सकिन्छ । बंगलादेश, चीन तथा भुटानमा कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशतभन्दा बढी वार्षिक रूपमा विदेशी लगानी भित्रिने भए तापनि नेपालमा त्यस्तो दर ०.५ प्रतिशतभन्दा पनि कम छ ।
जिरो वर्षबाट सुरु गरेर १० वर्षमा अभियान चलाऔं । त्यो अभियानअन्तर्गत आफ्नो उत्पादन अभिवृद्धि गर्ने, उत्पादनलाई उपभोग गर्ने र निर्यातका निम्ति तयार गर्ने एउटा अभियान चलाउनुपर्छ । मन्त्रालय त्यसमा लागिरहेको छ ।
इन्धनको मूल्य बढदा ढुवानी र उत्पादनमा लागत बढन गई यसै पनि बजार भाउ बढने गर्दछ । कोभिड पछि विश्व नै तंग्रिन खोज्दा बजारमा चाप पर्दै गइरहेको थियो । यही बीचमा रुस युक्रेन युद्धले मूल्य थप बढाइ दियो ।
दाबी भुक्तानीको सबैभन्दा बढी समस्या यातायातमा छ । ३/४ वर्षदेखि डकुमेन्ड नदिएर दाबी भुक्तानी नभएका कैयौं केस शिखरमा छन् । सबै तिरेका छौं भनेर फुर्ति लगाउन पनि सकिँदैन र तिरेकै छैनन् भनेर आरोप लगाउन सकिने ठाउँ पनि छैन ।
औषधि उद्योग तथा भेटनरी उद्योगलाई सप्लाई गर्ने उद्देश्यले स्थापित स्वदेशी प्याकेजिङ उद्योगहरुले प्रयोग गर्ने कच्चा पदार्थ आयात गर्दा उद्योग विभागको सिफारिसमा आवश्यक परिमाणसम्मको आयातमा १ प्रतिशत मात्रै भन्सार दर कायम गर्नुपर्छ ।
एउटा सरकारले बजेटमा एउटा कुरा समेट्छ, अर्को सरकारले हटाइदिन्छ । धरापमा रहेर कुनै लगानीकर्ता लगानी गर्न चाहँदैनन् । त्यही भएर हामीले बारम्बार भन्दै आएको छौं– नीतिगत सुधार होस् ।
अहिले सरकारले विदेशी मदिरा आयातमा रोक लगाएको छ । तास आयातमा पनि प्रतिबन्ध लगाएको छ । विदेशी पाहुँनाले चाहेको मदिरा खान पाएन भने उ नेपाल किन आउँछ ? विदेशीले क्यासिनोमा गएर तास खेल्न पाएन भने उ नेपाल किन आउँछ ? तास क्यासिनोको मुख्य कच्चा पदार्थ हो ।