अमेरिका । एनआरएनए युएसए वेस्टकोस्ट रिजन र क्यालिफोर्निया च्याप्टरले कालिफोर्नियाका विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा नेपाली नयाँ वर्षको उपलक्ष्यमा सान फ्रान्सिस्कोमा गर्न लागेको ‘नेपाल डे परेड’ को तयारी पूरा भएको आयोजकले बताएको छ ।
परेड यही अप्रिल ९ मा बिहान ११ बजे सान फ्रान्सिस्कोको फेरी बिल्डिंगबाट सुरु भएर सिभिक सेन्टरको यु एन प्लाजामा पुगेर कोण सभामा परिणत हुनेछ ।
कार्यक्रममा अमेरिकाका विभिन्न राज्यहरूबाट र क्यालिफोर्नियाका विभिन्न सहरहरुबाट हजारौंको संख्यामा सहभागीहरु उपस्थित हुने मूल आयोजक समितिका संयोजक एवं रिजनल चेयरमेन श्रीराम थापाले जानकारी दिए ।
बाहिरबाट आउने पाहुनाका लागि सान फ्रान्सिस्को फाइनान्सियल डिस्ट्रिक्टमा रहेको होटेल हिलटनमा सुलभ मुल्यमा कोठाहरु बुकिंग गरिएको र विमानस्थलबाट पिक अप र ड्रप अफको समेत व्यवस्था गरिएको कार्यक्रमका हस्पिटालिटि एण्ड मेनेजमेन्ट संयोजक रवि सिंह बस्नेतले बताए ।
एनआरएनएले विभिन्न स्थानिय संघसंस्थासँग सहकार्य गरेर आयोजन गरेको कार्यक्रममा प्राय सबै संघसंस्थाको प्रत्यक्ष संलग्नता रहने छ। विभिन्न संस्थाहरुले आफ्नो समुदाय अनुसार विभिन्न जातजाति, भाषा, धर्म र संस्कृति झल्काउने झाँकी र वेशभूषासहित परेडमा सहभागी हुने परेडको संघसंस्था संयोजन समितिका संयोजक उत्तम कार्किले जानकारी दिए ।
सोही साँझ फ्रान्सिस्कोकै युनाइटेड आइरिस कल्चर सेन्टरको हलमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ । उक्त कार्यक्रममा भ्वाइस नेपाल सिजन ३ का विजेता किरण गजमेर, दोहोरी गायक मिलन लामा, गायिका संगीता थापा मगर, गायक उदय भट्टराईलगायत अन्य स्थानीय कलाकारहरूको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रमका संयोजक निर्मल फुयाँलले बताए । प्रवेश शुल्क ३० डलर कायम गरिएको छ ,
ल्भउबष् ित्जष्लनक