काठमाडौं। वैदेशिक रोजगारीमा जान लागेका १ सय १७ कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएपछि म्यानपावर व्यवसायीले कालिकास्थानस्थित अध्यागमन विभाग अगाडि प्रदर्शन गरेका छन्।
वैदेशिक रोजगारीका लागि गत बुधबार कुवेत जान लागेका १ सय १७ कामदारलाई विमानस्थल अध्यागमनले उडान अनुमति नदिई फिर्ता गरेको थियो।
कागजात शंकास्पद भएको अनुमानकै भरमा उनीहरूलाई वैदेशिक रोजगारमा जान वञ्चित गरिएको भदै म्यनपावर व्यवसायीले आइतबार बिहान अध्यागमन अगाडि प्रदर्शन गरेका हुन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा गरिएको प्रदर्शनमा ‘अध्यागमनबाट श्रमिक फर्काउने काम बन्द गर’, ‘अध्यागमनको ज्यादती बन्द गर’, ‘अध्यागमनका महानिर्देशक राजीनामा दे’, ‘व्यवसायीलाई दुःख दिने काम बन्द गर’, ‘भिजिट भिसा बन्द गर’ लगायत नारा लेखिएका पोस्टर तथा प्लेकार्ड प्रदर्शन गरिएको छ।
![356583974_317107213979304_4421763821067281130_n1689491386.jpg](https://www.capitalnepal.com/uploads/posts/356583974_317107213979304_4421763821067281130_n1689491386.jpg)
उनीहरूले भिसा, टिकट प्रमाणित रहेको, विभिन्न म्यानपावरमार्फत श्रम स्वीकृति लिइसकेको अवस्थामा नियोजितरुपमा दुःख दिने काम भएको भन्दै विरोध जनाएका छन्।
![356583571_1005024234013890_1471371289120838745_n1689491385.jpg](https://www.capitalnepal.com/uploads/posts/356583571_1005024234013890_1471371289120838745_n1689491385.jpg)
विमानस्थल कर्मचारीले भिसा र श्रम स्वीकृति लिए–नलिएको अनलाइनबाटै चेक गर्ने स्पष्ट अवस्था हुँदाहुँदै वैदेशिक रोजगारीका लागि विदेशिन लागेको नेपालीलाई रोक्नु गलत भएको व्यवसायीको भनाइ छ।
![357338784_6776108809079914_3779500692930630944_n1689491385.jpg](https://www.capitalnepal.com/uploads/posts/357338784_6776108809079914_3779500692930630944_n1689491385.jpg)
कुवेत जान रोकिएका १ सय १७ कामदारलाई हवाई टिकटको क्षतिपूर्तिसहित निःसर्त उडान अनुमति दिई विगतको निर्णयलाई निरन्तरता दिन समेत उनीहरुले माग गरेका छन्।
![356582144_299221352519417_747931382569555547_n1689491383.jpg](https://www.capitalnepal.com/uploads/posts/356582144_299221352519417_747931382569555547_n1689491383.jpg)
![356570283_1346177756247878_7444348281280149426_n1689491383.jpg](https://www.capitalnepal.com/uploads/posts/356570283_1346177756247878_7444348281280149426_n1689491383.jpg)
![356596662_1700073417088674_8372633963500994441_n1689491382.jpg](https://www.capitalnepal.com/uploads/posts/356596662_1700073417088674_8372633963500994441_n1689491382.jpg)
![356632824_660981422558702_3265872948008470931_n1689491382.jpg](https://www.capitalnepal.com/uploads/posts/356632824_660981422558702_3265872948008470931_n1689491382.jpg)
![356577723_660850735552284_1466202206292412237_n1689491337.jpg](https://www.capitalnepal.com/uploads/posts/356577723_660850735552284_1466202206292412237_n1689491337.jpg)