मङ्गलबार, जेठ ४ २०७८ ०९:५७ AM

×

उपासना बनिन बिमा कम्पनीको पहिलो महिला सीईओ,सम्हालिन युनाइटेड इन्स्योरेन्स

images

काठमाडौं । बिमा क्षेत्रको इतिहासमा पहिलो पटक महिला प्रमुख कार्यकारी अधिकृत(सीईओ) पाएको छ ।

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले आगामी ४ वर्षका लागि उपासना पौडेललाई नियुक्त गरेसँगै उनि पहिलो महिला सीईओ बनेकी हुन् । यसअघि उनी निमित्त सीईओ थिइन् ।

उनले भारतको दिल्ली युनिभर्सिटिबाट एमबिए गरेकी छिन्  । बिमा क्षेत्रमा उनको प्रवेश भने सन् २०१२ को सुरुवातदेखि भएको हो, मुम्बईस्थित आइसीआइसीआइ लोम्बार्ड जनरल इन्स्याेरेन्सबाट ।

त्यहाँ सेल्स एण्ड मार्केटिङमा काम गर्ने महिलाहरुको उपस्थिति त्यसबेलासम्म पनि पातलो थियो । निर्जीवन बिमा कम्पनीमा सेल्समा काम गर्ने उनी एक्लो महिला कर्मचारी थिइन् ।

सानिमा जनरल इन्स्योरेन्सको सहायक महाप्रवन्धकमा डेढ वर्ष काम गरेकी पौडेल युनाइटेड इन्स्योरेन्समा डेढ वर्षदेखि कार्यरत थिइन्।

कम्पनीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने उनले प्रतिबद्धता जनाएकी छिन् । बिमा  क्षेत्रमा युनाइटेडको छुट्टै पहिचान बनाउन आफ्नो ध्यान केन्द्रित हुने उनको भनाई छ ।

आइतबार​ १९ बैशाख २०७८ ०३:४३ PM मा प्रकाशित

प्रतिक्रिया