काठमाडौं । असल व्यावसायिक अभ्यासको प्रवद्र्धन गर्ने उद्देश्यले तेस्रो जिम्मेवार व्यवसायी सम्मेलन आयोजना गरिएको छ ।
राष्ट्रिय व्यावसायिक पहलको आयोजनामा यही भदौ १९ र २० गते हुने सम्मेलनमार्फत नेपालको व्यावसायिक सामाजिक उत्तरदायित्वको प्रवद्र्धन गरिनेछ । काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो ।
दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका अभिवृद्धि सशक्त बनाउनुपर्ने आवश्यकता बोध गर्दै सम्मेलनको आयोजना गरिएको राष्ट्रिय व्यावसायिक पहलले जनाएको छ ।
उक्त सम्मेलनमा १६ विभिन्न सत्रहरूमा ठूलादेखि साना उद्योगी व्यवसायी, बैंक तथा वित्तीय संस्था, सम्बन्धित सरकारी निकाय, विकास साझेदार संस्थाको सहभागिता हुनेछ । २ दिनसम्म चल्ने सम्मेलनमा चार वटा विषयवस्तुमा रहेर १६ वटा सत्र चल्नेछन् । त्यस्तै ६४ सफल व्यवसायीले प्रवचन दिनेछन् । सम्मेलनमा ५०० जनाकाे सहभागिता हुने आयोजकले जनाएकाे छ ।
सम्मेलनलाई नेपाल इन्भेष्टमेन्ट बैंक, नर्भिक इन्टरनेसनल हस्पिटल, यति एयरलाइन्स, याक एन्ड यति होटेल, ज्योति समूह–होन्डा, सिप्रदी टाटा, नेपाल इकरात इन्जिनियरिङ प्रालि, सेलपे र शिखर इन्स्योरेन्सले प्रयोजना गरेका छन् । सम्मेलनको सहप्रायोजकमा शर्मा एन्ड कम्पनी, क्वेस्ट फर्मास्युटिकल, केएनपी पेन्ट, एभरेष्ट बैंक, एभरेष्ट ग्यासलगायत छन् ।