काठमाडौं। फागुन २१ को निर्वाचनमा दुई तिहाइ बहुमत (१८४) १८२ सिट ल्याएर वरिष्ठ नेता बालेन्द्र शाह बालेन प्रधानमन्त्री नियुक्त भएका छन्। रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री बालेनले पहिलो चरणमा १४ जनालाई मन्त्री नियुक्त गर्ने सहमति रास्वपा शीर्ष नेतृत्वबीच जुटेकाे छ।
बालेन शाह प्रधानमन्त्री हुँदा डीपी अर्याल सभामुख बन्ने निर्णय भएको छ।
यस्तै, स्वर्णिम वाग्ले अर्थमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुदन गुरुङ गृहमन्त्री, प्रतिभा रावल सामान्य प्रशासन, गणेश पौडेल पर्यटन, अमरेश सिंह उद्योग, सुनील लम्साल भौतिक पूर्वाधार, गीता चौधरी कृषिमन्त्री बन्ने निश्चित भएको छ।
यस्तै, साेविता गाैतम कानुन, विराजभक्त श्रेष्ठ ऊर्जा, विक्रम तिमिल्सिना सञ्चार, दीपक साह श्रम, सस्मित पोखरेल शिक्षामन्त्री, सीता वादी महिला, निशा मेहता स्वास्थ्यमन्त्री बन्ने निश्चित भएकाे छ।
प्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुले आजै शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिँदै छन्।