काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनले दक्ष जनशक्ति उत्पादनमा समेत राम्रो नतिजा प्रदर्शन गर्दै आएको छ । सोही क्रममा सन् २०१७ को बिएसी नर्सिङ ब्याचले उत्साहजनक सफलता हासिल गरेको छ ।
नवौं ब्याचको रुपमा ३० जना विद्यार्थीले राम्रो नतिजासहित बिएससी नर्सिङ कोर्स पूरा गरेका हुन् ।
विज्ञान विषय लिएर प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थीहरुले यो कोर्स पढ्न पाउँछन् ।
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसन नवौं ब्याचका ३० मध्ये २७ विद्यार्थीले विशिष्ट श्रेणी तथा बाँकी ३ जनाले पहिलो श्रेणीको अंकसहितसफलता हात पारेका हुन् ।
यस ब्याचमा सामेल कुल विद्यार्थीमध्ये ९० प्रतिशतले विशिष्ट श्रेणीसहित उत्तीर्ण हुनु उत्साहको विषय भएको नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनका प्रमुख कार्यकारी अधिकृत कुलानन्द (केएन) शर्माले जानकारी दिए ।
‘कोभिड महामारीको चुनौतीका बाबजुद पनि हाम्रा विद्यार्थीहरुले गरेको मिहिनेतको नतिजा उत्साहपूर्ण आउँदा हामी खुसी छौं’, उनले भने, ‘कुल विद्यार्थीमध्ये ९० प्रतिशतले विशिष्ट श्रेणीमा कोर्स उत्तीर्ण गरेर हाम्रा मेहेनती विद्यार्थीहरुले रेकर्ड बनाएका छन् ।’
नर्सिङ एजूकेसनमा विगत लामो समयदेखि बिएससी नर्सिङ, बिएन नर्सिङ र पिसीएल नर्सिङका कोर्सहरु सञ्चालन हुँदै आएका छन् ।
बिएससी नर्सिङ र बिएन नर्सिङको कोर्स पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यताप्राप्त हुन् भने प्रवीणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ सिटिइभिटीबाट मान्यताप्राप्त कोर्स हो ।