काठमाडाैं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)को अग्रता कायमै छ । आज दिउँसो १२ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार एमालेले २८ लाख २४ हजार १ सय २२ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले २६ लाख ९५ हजार चार सय ३८, नेकपा(माओवादी केन्द्र) ले ११ लाख ६७ हजार ३ सय ९३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २६ हजार ७६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८७ हजार ५सय ५६ मत प्राप्त गरेका छन् । साथै, जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ५५, जनमत पार्टीले ३ लाख ९४ हजार पाँच सय ६१, नेकपा (एकीकृत समाजवादी) पार्टीले २ लाख ९६ हजार ५ सय ७१, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६ सय ९६ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ६७ हजार ३ सय १५ मत प्राप्त गरेका छन् ।
प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले ६ लाख ६५ हजार चार सय ६०, कांग्रेसले ५ लाख ६२ हजार ९ सय ५६, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९८ हजार पाँच सय ११, माओवादी केन्द्रले १ लाख ८१ हजार दुई सय ४५ र जनता समाजवादी पार्टी, नेपालले ६१ हजार ७ सय २३ मत प्राप्त गरेका छन् ।
मधेस प्रदेशमा कांग्रेसले ४ लाख १ सय ४४, एमालेले ३ लाख ५१ हजार ७ सय ६८, जनता समाजवादी पार्टी नेपालले २ लाख ९८ हजार सात सय ७४, जनमत पार्टीले ३ लाख २९ हजार १ सय ७७ र माओवादी केन्द्रले १ लाख ८० हजार ८ सय ६० मत प्राप्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी) १ लाख १३ हजार ९ सय १५ मत प्राप्त गरेका छन् ।
बाग्मती प्रदेशमा एमालेले पाँच लाख ६२ हजार छ सय ७५, कांग्रेसले चार लाख ७१ हजार ९ सय ६१, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ७२ हजार ८९, माओवादी केन्द्रले २ लाख ७० हजार तीन सय ७२ र नेपाल मजदूर किसान पार्टीले ६८ हजार ६ सय ५४ मत प्राप्त गरेका छन् ।
गण्डकी प्रदेशमा एमालेले ३ लाख ६७ हजार ९ सय ८९, कांग्रेसले तीन लाख ४९ हजार छ सय २८, माओवादी केन्द्रले एक लाख १६ हजार ९ सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५९ हजार ४ सय ८३ र नेकपा (एकीकृत समाजवादी) १५ हजार ७६ मत प्राप्त गरेका छन् ।
लुम्बिनी प्रदेशमा एमालेले ५ लाख ७० हजार ९ सय, कांग्रेसले ४ लाख ९९ हजार ९ सय ८६, माओवादी केन्द्रले १ लाख ९८ हजार ४ सय ५०, राप्रपाले १ लाख २७ हजार चार सय ५२ र नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५ सय २१ मत प्राप्त गरेका छन् ।
कर्णाली प्रदेशमा एमालले १ लाख ८३ हजार ९ सय ५०, कांग्रेसले १ लाख ७० हजार ७ सय ५६, माआवादीले एक लाख ३७ हजार ६ सय २९, नेकपा ९एकीकृत समाजवादी० ले १५ हजार ८ सय ६८, राप्रपाले ७ हजार ९ सय ५१, नेकपा (एकीकृत समाजवादी) ३५ हजार ८ सय २६, राष्ट्रिय प्रजातन्त्र पार्टी २५ हजार १ सय ८६ र नेपाल मजदूर किसान पार्टी ८ हजार ९ सय ९३ मत प्राप्त गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा एमालेले २ लाख ६३ हजार १७, कांग्रेसले २ लाख ५८ हजार ८ सय २७, माओवादी केन्द्रले १ लाख २० हजार १ सय ५९, राप्रपाले ४३ हजार १ सय ४२ र नागरिक उन्मुक्ति पार्टीले ९८ हजार पाँच सय ५७ मत प्राप्त गरेका छन् ।