काठमाडौं। गैर सरकारी महासंघ नेपालको आयोजनामा शुक्रबार काठमाडौंमा नागरिक सम्मेलन सम्पन्न भएकाे छ। कार्यक्रम महिला तथा बालबालिका जेष्ठ नागरिकमन्त्री महेन्द्रराय यादवकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे।
कार्यक्रममा बाेल्दै नागरिक समाजले नेपालको लोकतन्त्र स्थापना गर्न सक्रिय रुपमा भूमिका निर्माण गरेको बताए। साथै उनले देशको मानवअधिकार विधिको शासन शुसाशन, समृद्धि तथा स्वतन्त्र अभिव्यक्ति दिने नागरिक समाजको योगदान रहेको बताए। नेपालको संविधानअन्तर्गतका मौलीकहकहरूलाई तीन तहको सरकारले कानुन गर्दै जानुपर्ने बताए।
सामाजिक, आर्थिक क्षेत्रलाई सबल पार्नको लागि सबै क्षेत्रहरूबाट सहयोग गर्नुपर्ने र देशको अर्थतन्त्रको विकासको लागि रुपान्तरण गर्ने र देशको गरिबी, पछुतोपन लैङ्गिक विभेदहरूलाई न्युनकरण गर्न सरकारले सचेता मूलक अभियानमार्फत सञ्चारन गर्ने काममा अग्रसर हुने कुरामा विवश्त रहेको बताए।
सरकारको न्यूनतम साझा कार्यक्रममा शान्ति प्रक्रिया निरुषण गर्ने विषयमा उल्लेख गरेको बताए। संघ, प्रदेश स्थानीय सरकारबीच समन्वय गरेर ऐन नियम कानुन निति बनाउने कुरामा सरकार प्रतिबद्धता रहेको बताए। गरिबि वर्गको लागि सिप विकास र सन्तुलित अवधारण ल्याउनुपर्ने उनकाे भनाइ छ।
महिला तथा बालबालिका जेष्ठ नागरिकहरूको लागि आगामि वर्षको बजेटमा तीनतहका सरकारहरूसँग सम्नवय गरी बजेट विनियोजन गरिने मन्त्री राय यादवले प्रष्ट पारे। उनले राजनितिक आन्दोलन भन्दा आर्थिक सामाजिक, सास्कृतिक, विविधता ग्रामीण क्षेत्रको विकासमा सबैसँग हातेमालो गरी काम गर्नुपर्ने बताए।