वैशाख। सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय अपांग कोषलाई ५ लाख रकम सहयोग गरेको छ।
राष्ट्रिय अपांग कोषले देशभरिमा रहेका अपांगता भएका व्यक्तिहरुको अपांगता पुन:स्थापनाका साथै चौतर्फी विकासका लागि शिक्षा, स्वास्थ, रोजगारी र समावेशी समाजका कार्यका लागि समाज कल्याण परिषदद्वारा स्थापित सञ्चालित कोष हो।
राष्ट्रिय अपांग कोषले वार्षिक १५ सय अपांगता भएका व्यक्तिका लागि आवश्यक सहयोग सामाग्री जस्तै कृत्रिम हात खुट्टा, क्यालिफर, वैशाखी, सेतोछडी, वाकिंग स्टिक, ओर्थाेपेडिक जुत्ता तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरिय फिजियोथेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपांग कोषसँग सहकार्य गरि वैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएकाहरुलाई सेवा पुर्याउने उदेश्यले राष्ट्रिय अपांग कोषलाई उक्त रकम सहयोग गरेको हो।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।
आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।