काठमाडाैं। चार वर्षकाे अवधिमा ५१ लाख १७ हजार राष्ट्रिय परिचयपत्र छापिएकाे छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार हालसम्म ५१ लाख १७ हजार (६३.३६ प्रतिशित) ले मात्र कार्ड प्राप्त गरेका हुन्।
२०७६/४/३१ देखि २०७९ असारसम्म विभागमा ८० लाख ७५ हजार ४६ आवेदन दर्ता भएकाे थियाे। ३ लाख ६७ हजार कार्ड छपाई सकि १ लाख १७ हजार २५ अर्थात आवेदनको ४.५४ प्रतिशत मात्र वितरण भएको छ।
आवेदन दिनेमध्ये ७७ लाख ८ हजार ४६ जनाको कार्ड छपाई हुन बाँकी रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। विभागले २०७८/७९ मा सबै वितरण गर्ने लक्ष्य लिएकाे थियाे। तर राहदानीसँग आवद्ध भएपछि यो कार्य पूरा गर्न नसकिएको विभागले जनाएकाे छ।
नेपालको संविधानको धारा ५१ मा राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने व्यवस्था छ। एकीकृत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली विकास गर्ने नीति अवलम्बन गर्ने उल्लेख भएपनि हाल प्रयोगमा ल्याइएको राष्ट्रिय परिचय पत्रमा नागकिता प्रमाणपत्रमा समवेश भएका विवरण राखी वितरण भइरहेको छ।
राष्ट्रिय परिचयपत्रको विवरणमा नागरिकता, पासर्पोट, सवारी अनुमतिपत्र, एटीएम कार्ड, जन्मदर्ता, जग्गा जमिनको विवरण, करदाता, परिचय नागरिक एप, विभिन्न परिचयपत्र र प्रमाणपत्रमा नागरिकको सबै प्रकारका सूचना तथा विवरणहरु राखिन्छ तर अर्को सरकारी निकायमा जादाँ त्यही सिस्टमबाट विवरण हेर्न मिल्ने हुनुपर्ने बताइन्छ।
तर नेपालमा त्यस्तो सिस्टम नहुदाँ हरेक सरकारी निकायमा जाँदा निकाय पिच्छे प्रविष्ट गर्नु पर्दा जनताले सास्ती भोग्नु परेको गुनासाे छ।