काठमाडौं। हुलास स्टिल इन्डष्ट्रिजले नेपाल विद्युत् प्राधिकरणमा आपूर्ति गरेको करिब ७० हजार पोल गुणस्तरहीन रहेको पाइएको छ।
हुलास स्टिलले विभिन्न मितिमा आपूर्ति गरेका पोलको गुणस्तरमाथि प्रश्न उठेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। तत्कालीन नेतृत्वसँग मिलेमतो गरी हुलासले आपूर्ति गरेका बिजुलीका पोलमा समस्या देखिएको हो।
प्राधिकरणका कर्मचारीसँगै साँठ-गाँठ गरेर न्यून गुणस्तरका पोल आपूर्ति गरेको खुलेको हो। केही थान पोल गुणस्तरी रहेको र अधिकांश पोलमा गुणस्तरमा प्रश्न उठेको प्राधिकरणले जनाएको छ।
नेपाल विद्यूत प्राधिकरणलाई हुलासले विभिन्न मितिमा झण्डै ७० हजार वटा पोल उपलब्ध गराएको हो। प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७७/७८, २०७९/२०८० र २०८०/०८१ मा ७९ हजार दुई सय वटा विद्युतीय पोल उपलब्ध गराएको थियो। यी पोल दुई प्याकेजमा उपलब्ध गराएको प्राधिकरणले जनाएको छ।
हुलास स्टिलले प्राधिकरणलाई जिंक कोटिङ नगरी जिंक पोतेर मात्रै उपब्ध गराएको हुन सक्ने प्राधिकरणले जनाएको छ। ग्याल्भेनाइजिंक भन्नले स्टिल वा फलाममा जस्ता (जिंग)को लेप लगाउने प्रक्रिया हो। यस प्रक्रियाबाट धातुलाई सुरक्षा प्रदान गरी खिया लाग्नबाट जोगाउँछ।
हुलासले जिंक लेपन नगरी पोल उपलब्ध गराएको प्राधिकरणको बुझाइ छ। एकातिर प्राधिकरणको ठूलो धनराशी खर्च भइसकेको र अर्कोतर्फ गुणस्तरमा प्रश्न उठेको प्राधिकरणले जनाएको छ।
‘जिंगको लेप लगाउनु भनेको ग्याल्भेनाइजिङ भनिन्छ, लामो समयसम्म खिया नलाग्ने भनेर केमिकल ट्रिटमेन्ट गरिन्छ,’ प्राधिकरणका एक जानकारले भने, ‘यो पद्धतिबाट उपचार गरिएको पोलमा खिया लामो समयसम्म लाग्दैन। जिंगको लेप गरिएको पोलको आयु ३० वर्षसम्म हुन्छ, भने जिंगको लेप नलगाएको पोलको आयु कम हुन्छ।’
हुलासले जिंक लेपन नगरी पोल उपलब्ध गराएको प्राधिकरणको बुझाइ छ। एकातिर प्राधिकरणको ठूलो धनराशी खर्च भइसकेको र अर्कोतर्फ गुणस्तरमा प्रश्न उठेको प्राधिकरणले जनाएको छ।
हुलासले प्राधिकरणलाई उपलब्ध गराएको पोलमा जस्ताको लेप नलगाइएकाले ती पोलको आयु कम हुन सक्ने र खिया लाग्ने जोखिम बढी हुन्छ।
यदि, पोलमा जस्ताको लेप नलगाइएको खण्डमा माटो र पानीको सम्पर्कबाट खिया लाग्ने सम्भावना बढी हुन्छ। खिया लाग्दै गएपछि पोल कमजोर हुन्छ र बिग्रिन्छ। जसले गर्दा यसको आयु निकै कम हुन्छ। हुलासले प्राधिकरणलाई उपलब्ध गराएको पोलमा जस्ताको लेप नलगाइएकाले ती पोलको आयु कम हुन सक्ने र खिया लाग्ने जोखिम बढी हुन्छ।
प्राधिकरणले हुलासमार्फत आर्थिक वर्ष २०७७/७८ मा ५० हजार विद्युतीय पोल आपूर्ति गरेको थियो। यसमध्ये ११ मिटरका पोल १५ हजार वटा, नौ मिटरका ५ हजार वटा र ८ मिटरका ३० हजार वटा पोल प्राधिकरणले हुलासबाट आपूर्ति गरेको जनाएको छ।
यस्तै, आर्थिक वर्ष २०७९/०८० मा १३ मिटर अग्लो ८ हजार वटा पोल प्राविधिकरणले आपूर्ति गरेको थियो। यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा प्राधिकरणले १४ मिटरका आग्लो ११ हजार दुई सय वटा हुलास कम्पनीको पोल प्रयोग गरेको थियो। यसमा साढे १४ मिटर आग्लो २०० वटा पोल थिए। ११ मिटरका ८ हजार पाँच सय वटा पोल थिए। यस्तै, यहीसँगै १४ हजार थान पोल पनि थियो।