काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली देशका कार्यकारी प्रमुख हुन्। १० महिनाअघि चौथो पटक प्रधानमन्त्री भएयता सानातिना कार्यक्रममा सहभागी हुनु उनको दैनिकी बनेको छ। उद्घाटन, स्मारक अनावरणसँगै अभिव्यक्ति दिन पाउने हरेक कार्यक्रममा उनको उपस्थित हुनु नौलो होइन।
विभिन्न सरकारी भवन उद्घाटनदेखि पुल अनावरण, कार्यक्रममा उपस्थित हुनुदेखि पुस्तक विमोचनसम्म प्रधानमन्त्री ओली पुगेका हुन्छन्। कुनै दिन कार्यक्रम नभए उनी सामाजिक सञ्जालमार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गर्छन्। यी स-साना गतिविधिमा देशको कार्यकारी प्रमुख व्यस्त हुँदा सबैको मनमा प्रश्न उठ्दो हो-प्रधानमन्त्री यति फुर्सदिला कसरी हुन्छन्?
यसो त, सरकारको प्रमुख काम भनेको नीति निर्माण, कार्यान्वयन र नागरिकका समस्या समाधान गर्नुपर्ने हो। तर, प्रधानमन्त्री ओलीको पहिलो प्राथमिकता समाचारमा कसरी आउने भन्ने मूल धेय देखिन्छ। दैनिक कामकारबाहीमा सहभागी हुँदै प्रचारमुखी गतिविधिमा ध्यान दिँदा जनता मारमा पर्दै आएका छन्।
यता सरकारले आर्थिक मन्दी, बेरोजगारी, महंगी, सरकारी संयन्त्रको अक्षमतविरूद्ध चर्को आवाज उठ्दै आएको छ। केही दिनदेखि गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा असुली धन्दा चलाएको भन्दै संसदमा प्रतिपक्षी दलहरुले आन्दोलन गरिरहेका छन्। आज बजेट भाषणको दिनसमेत सरकार गम्भीर संकटमा परेको छ।
यस विषयमा प्रधानमन्त्री ओलीले केही बोलेका छैनन्। गृहमन्त्रीको बारेमा निर्णय गर्ने अधिकार सत्ता साझेदारी दल कांग्रेसलाई छाडेर प्रधानमन्त्री ओली पानीमाथिको ओभानो बनेका छन्।
उनीविरुद्ध विश्लेषकहरू भन्छन्, 'प्रधानमन्त्री केपी शर्मा ओलीको शैली विगतमा देखिएको राजनैतिक लोकप्रियता टिकाइराख्ने होडको निरन्तरता हो। उनी मिडिया कवरेजमा रहन चाहन्छन्, तर नीति कार्यान्वयनमा उतिसारो देखिँदैनन्।'
राजाको दमनसँगै २४० वर्ष लामो इतिहास भएको राजतन्त्रको शासनविरुद्ध दलहरु आन्दोलित हुँदा नेकपा एमाले नेता केपी शर्मा ओलीले राजाको पक्षमा आफ्नो अभिव्यक्ति दिँदै हिँडे।
सत्ता सहकार्य दल कांग्रेसका सांसदहरूले पनि ओली नेतृत्वको सरकार आलोचना गर्दै आएका छन्। विपक्षी नेताहरूले प्रश्न उठाएका छन्। उनीहरूले प्रधानमन्त्रीले प्रशासनिक जिम्मेवारीभन्दा बढी प्रचारमुखी गतिविधिमा समय खर्चिएको बताएका छन्।
लोकतान्त्रिक गणतन्त्र शाषनमा रजाइँ गरेका नेतामध्ये प्रधानमन्त्री ओली करिब दुई दशकअघि दलहरु संयुक्त आन्दोलनमार्फत संवैधानिक राजतन्त्रको वकालत गरी सडकमा उत्रिँदा राजाको पक्षमा वकालत गर्दै आएका थिए। यसअघि देशमा गणतन्त्र ल्याउन तत्कालीनमा ओवादी पार्टीको आन्दोलनले एक चरण पृष्ठभूमि बनाएको थियो।
देशलाई गणतान्त्रिक शासन व्यवस्थामा लैजान दलहरुको सहमतिसँगै आन्दोलन गरिरहँदा २०६२ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले दमन थप बढाएका थिए।
राजाको दमनसँगै २४० वर्ष लामो इतिहास भएको राजतन्त्रको शासनविरुद्ध दलहरु आन्दोलित हुँदा नेकपा एमाले नेता केपी शर्मा ओलीले राजाको पक्षमा आफ्नो अभिव्यक्ति दिँदै हिँडे।
केपी शर्मा ओलीले दिएका अनेक अभिव्यक्तिमध्ये ‘राजतन्त्रलाई ढाल्न खोज्नु भनेको बयलगाढा चढेर अमेरिका पुग्नु जस्तै हो’ अहिले पनि चर्चामा आइरहन्छ। उनले साढे दुई सताब्दी लामो राजतन्त्रविरुद्धआन्दोलनमा होमिनुभन्दा राजाको पक्षमा वकालन गर्नु उपयुक्त माने।
तर, गतणन्त्र स्थापना भएको दुई दशक पूरा नहुँदै उनै केपी शर्मा ओली चार पटक प्रधानमन्त्री बनेका छन्। उनी हाल नेपाली कांग्रेसको समर्थनमा विगत १० महिनादेखि सत्ताको नेतृत्वमा छन्। उनै प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकारले जेठ १५ गते गणतन्त्र दिवसलाई भव्यताका साथ मनाउन मूल समारोह समिति गठन गरेको छ।
यसअघि नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गत शनिबार (जेठ १० गते) गणतन्त्रको दिवसको अवसरमा आफ्ना कार्यकर्तालाई बिहान ११ देखि दिउँसो २ बजेसम्म राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिए।
देशको जिम्मेवार पदमा बसेर अराजक अभिव्यक्ति दिएसँगै सत्ता सझेदारी दल कांग्रेसका पदाधिकारी बैठकमा ओलीको अभिव्यक्तिबारे टिप्पणी भएको थियो। सोही बैठकबाट बाहिरिँदै कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री ओलीलाई सचेत हुन निर्देशात्मक आग्रह गरे।
प्रधानमन्त्री पदमा बसेर अराजक फैलाएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले समेत सचेत हुन आग्रह गरेको थियो।
बैठकपछि बाहिरिने क्रममा उनले भनेका थिए, ‘हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्ने कुरा कल्पनासम्म गरिँदैन, त्यस्ता कुरा आइन्दा नदोहोरियास्।’
प्रधानमन्त्री पदमा बसेर अराजक फैलाएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले समेत सचेत हुन आग्रह गरेको थियो। आयोगले विज्ञप्ति निकाल्दै ‘सम्माननीय प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति चिन्ताजनक छ, देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै क्षेत्र कब्जा लिनु भनेको विधिको शासनविपरीत हो’ भन्दै प्रधानमन्त्रीलाई सचेत हुन आग्रह गरेको छ।
यसो त, प्रधानमन्त्री ओली हरेकजसो सानोतिनो कार्यक्रममा सहभागी भइहाल्छन्। जिम्मेवार पदमा बसेर आफ्ना विरोधीमाथि व्याङ्ग्य, टीकाटिप्पणी, अपशब्द, गालीगलौज गर्नु कुनै नौलो कुरा होइन। आफ्नै हैसियत के हो? के बोल्नु हुन्छ? के बोल्नु हुँदैन? भन्ने कुनै हेक्का राख्दैनन्, उनी।
प्रधानमन्त्री ओली राजनीतिमा आफ्ना प्रतिस्पर्धी दलका नेतामाथि खनिनु स्वभाविक होला, तर एउटा सामान्य नागरिकमाथि समेत उनी उत्तिकै आक्रोशित हुँदै आएका छन्। गणतान्त्रिक मुलुकमा उनी एउटा स्वतन्त्र मेयर बालेन शाहमाथि सबैभन्दा बढी आक्रोशित बन्दै आएका छन्।
प्रधानमन्त्री ओलीको प्रवृत्तिलाई सत्ताको उन्माद भएको बताउँछन्, राजनीतिक विश्लेषक कृष्ण पोखरेल। गणतन्त्र दिवसमा राजावादीले आन्दोलन गर्ने भन्दै आएका छन्, यसैबीच प्रधानमन्त्रीले एक कदम अगाडि बढेर राजधानी कब्जा गर्न कार्यकर्तालाई निर्देशन दिए यसमा के भन्न हुन्छ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘यो सत्ताको उन्मादबाहेक केही हैन, सत्तामा बसेर उहाँहरुले गर्ने केही हैन, यस्तै उन्माद बोक्ने हिँड्ने मात्रै हो।’
प्रधानमन्त्री ओलीले पछिल्लो समय दिएका अभिव्यक्तिहरू
१, जेठ ११ गते कार्यकर्तालाई दिएको निर्देशन– म साथीहरुलाई भन्न चाहन्छु। निर्देशन पछि आउँछ। तपाईहरु जस्तो जे गर्नुपर्छ तयारी बस्नुहोला। १५ गते बिहान ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ। कसरी कुन संस्था अगाडि लाग्छ कुन संस्था आयोजना हुन्छ त्यसलाई छाडिदिनुस्।
२, जेठ ९ गते पूर्वराजा ज्ञानेन्द्र शाह खनिए– पूर्वराजाको कुण्डली मात्रै हेरेर हुँदैन। जनताको कुण्डली हेर्नुपर्छ। ज्योतिषीहरूले मेरो कुण्डली पनि हेरे हुन्छ। राजसिंहासनको कल्पना अब हुन्न। नेपाली जनताले फालिसकेको राजतन्त्र अब फर्कन्न। राजतन्त्रविरुद्ध लडेका हामी यस देशमा छँदैछौँ, प्रतिगमनका त्यस्ता सपना नदेख्न म आग्रह गर्छु।प्रधानमन्त्रीलाई भाग्न हेलिकोप्टरको सुविधा दिने जस्ता उत्ताउलो कुरा पनि गरेका छन्। म भन्न चाहान्छु, कुनै पनि प्रतिगमनको कुचेष्ठालाई धूलो पिठो बनाइन्छ। त्यस्ता प्रयास रोग्ने अग्रभागमा युवा संघ आउनुपर्छ।
३, जेठ ५ गते काठमाडौंका मेयरमाथि खनिँदै– कसैलाई कुनै अर्थ छैन। कुनै महत्त्व छैन। अनि वास्तै नहुनेको नाम सधैं झुन्ड्याइरहने? नगरे पनि हुन्छ। कि तपाईहरुले सोध्नुस्। आउने हो कि होइन। रुची छ कि छैन। हरेक पटक इतिहासचाहिँ बनिरहने। नाम चाहिँ छापिरहने। पवित्र नाम पढिरहनपर्ने। आउने होइन, आउन सक्दिन हो भने नाम नराख्नुहोला।जसलाई न चाड, न पर्व, न केही, न केही। कुनै वास्ता नभएको। अनि सधैं बोलाउनुपर्ने। हामीलाई बाध्यता हुने अनि आउन पर्ने मान्छे नआइदिने। यस्तो हुँदैन।
४, जेठ ३ गतेपार्टीको राष्ट्रिय युवा संघ नेपालमा सम्बोधन– म युवाहरुलाई एमालेमा आउनुस् एकै पटक एमालेको अध्यक्ष बनिहाल्नोस् भनेर उल्काउन चाहान्नँ। आउनुस्, काम र अनुभव हासिल गर्दै नेतृत्वमा पुग्न सकिन्छ। मेसी, एम्बापे पनि एकै दिन बनेका होइनन्। रहर लागेर तुरुन्तै डाक्टर, इन्जिनियर हुँदैनन्। मेहनत र समय आवश्यक हुन्छ। यो वास्तविकता तपाईंहरुले बुझ्नुपर्छ।