काठमाडौं। उमेरको हिसाबले ७२ वर्ष पुगे, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल। यो वृद्ध उमेरमा उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको छ।
अख्तियारले मन्त्रिपरिषदबाट निर्णय गराएर पतञ्जली योगपीठलाई हकबन्दीभन्दा बढी जग्गा खरिद गर्न अनुमति दिई मूल्य बढाएर बिक्री गरेको भन्दै ९३ जनाविरुद्ध मुद्दा दायर गरेको हो। जसमा सबैभन्दा उच्च तहमा पूर्वप्रधानमन्त्री नेपाल रहेका छन्।
नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाल विं.सं. २०६६ जेठ ११ गते देशको ३४ औँ प्रधानमन्त्री बनेका थिए। उनी करिब २० महिना प्रधानमन्त्री हुँदा जग्गा हिनामिना गर्ने गरी बनेका दुई ठूला नीतिगत निर्णय गरेको अख्तियारको दाबी छ।
पूर्वप्रधानमन्त्री नेपालमाथि पतञ्जलीसँगै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको जग्गा हिनामिना गरेको आरोपसमेत छ। तत्कालीन प्रधानमन्त्रीद्वय नेपालसँगै बाबुराम भट्टराईले मन्त्रिपरिषदको निर्णयबाट ललित निवासको १४३ रोपनी जग्गा व्यक्तिको नाममा लैजाने गरी निर्णय गराएका थिए।
प्रधानमन्त्रीकै सरकारी निवास भएको सार्वजनिक जग्गा व्यक्तिको नाममा लैजाने गरी निर्णय गरेको भन्दै अख्तियारले नेपाल र भट्टराईसँगै १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। यो मुद्दामा अख्तियारले दुवै पूर्वप्रधानमन्त्रीहरुसँग बयानसमेत लिएको थियो। बयानमा दुवै जनाले आफूहरुले गलत नियत नरहेको भन्दै आफ्नो बचाउ गरेका थिए।
तत्कालीन सरकारले चोलेन्द्रमाथि महाअभियोग लगाएको थियो। यसपछि ललिता निवास जग्गा प्रकरणको मुद्दामा सुनुवाइ सर्दै आएको हो।
ललिता निवास जग्गामा जोडिएका पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईको मुद्दालाई तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा जबरा र न्यायाधीश नहकुल सुवेदीको इजसालले निर्णय सुनाउनका लागि ०७९ कात्तिक १५ गते मिति तोकेको थियो। तर, अदालतका न्यायाधीशहरूसँगै बार एसोसिएसनले प्रधानन्यायाधीशको विरोध गरे।
तत्कालीन सरकारले चोलेन्द्रमाथि महाअभियोग लगाएको थियो। यसपछि ललिता निवास जग्गा प्रकरणको मुद्दामा सुनुवाइ सर्दै आएको हो। यसैबीच गत वर्ष फागुन १ गते सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले ललिता जग्गा प्रकरणको मुद्दा पूर्ण इजलासबाट गर्नुपर्ने फैसला गरेको छ।
ललितापछि पतञ्जली
अख्तियारले आज (जेठ २२ गते) उनै पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जलीको जग्गा हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको छ। पतञ्जली योगपीठलाई हकबन्दीभन्दा बढी (५५४ रोपनी) जग्गा राख्न दिएर पछि मूल्य बढाएर बेचबिखन गरेको अख्तियारको आरोप छ।
अख्तियारले माधव नेपाल प्रधानमन्त्री हुँदा पतञ्जली योगपीठलाई हकबन्दीभन्दा बढी जग्गा कम मूल्यमा खरिद गर्न दिएर पछि बिक्री गरेर अनियमितता गरेको देखिएको जनाएको छ। ‘पतञ्जली योगपीठले हकबन्दीभन्दा बढी जग्गा कम मूल्यमा खरिद गरी बढी मूल्यमा बिक्री गरी ५५४ रोपनी जग्गाबाट १८ करोड ५० लाखभन्दा बढी हिनामिना भएको देखियो,’ अख्तियारका एक अधिकृतले भने।
अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध मुद्दा दायर गरेसँगै राजनीति वृत्तमा ठूलो हलचल आएको छ। सत्ता पक्षका दलहरुले मौन समर्थन जनाएको देखिए पनि प्रतिपक्षी दलहरुले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएको छ। भ्रष्टाचारको मुद्दामा आरोपी पूर्वप्रधानमन्त्री नेपाल आफैले आफूविरुद्ध उहाँ (प्रधानमन्त्री केपी शर्मा ओली)ले राजनीतिक प्रतिशोध साँध्दै आएको दाबी गरे। उनले आफ्नो राजनीतिक भविष्य संकटमा पार्नका लागि प्रधानमन्त्री ओली पहिलेदेखि लाग्दै आएको बताए।
एमाले विभाजन हुनपूर्व पार्टी अध्यक्ष ओलीले नेपाल–झलनाथ खनाल पक्षलाई दलभित्र ठूलो संकट पैदा हुने गरी दबाब दिएका थिए।
‘म आफै भ्रष्टाचार गरेर कुनै पनि काम मबाट भएको छैन, अब जे प्रक्रिया हुन्छ त्यो सामना गर्छु,’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘उहाँ (प्रधानमन्त्री केपी शर्मा अोली) मेरोविरुद्ध सुरुदेखि लागेकै हो, उहाँ बदलाको भावना भएको मान्छे हो।’
एमाले विभाजन हुनपूर्व पार्टी अध्यक्ष ओलीले नेपाल–झलनाथ खनाल पक्षलाई दलभित्र ठूलो संकट पैदा हुने गरी दबाब दिएका थिए। ओलीले नेपाल र खनालसहित उनीहरुको पक्षमा रहेका नेताहरुलाई पार्टीबाट निष्काशित हुने गरी दबाब दिएपछि एमाले विभाजन भएको थियो। तर, एमालेभित्र बसेका केही नेताहरु अहिले आफ्नो अस्तित्व जोगाउने ध्यानमा ओलीको ‘झोले’ बन्न बाध्य भएका छन्।
पार्टीको १० औँ महाधिवेशनमा आफूसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका तत्कालीन पार्टीका वरिष्ठ उपाध्यक्ष भीम रावललाई ओलीले अहिले राजनीतिको घेरा बाहिर पुर्याइदिएका छन्। उनी राजनीतिमा लुप्त प्रायः भइसकेका छन्। यी घटनाले ओली आफ्नो विरोधीको भविष्य सदाका लागि अन्त्य गर्न चाहन्छ भन्ने स्पष्ट हुन्छ। यही विषयलाई पूर्वप्रधानमन्त्री ओलीले आफूमाथि पनि ओली हाबी भएको बताएका हुन्।
आफ्ना पार्टी अध्यक्षमाथि भ्रष्टाचार जस्तो जघन्य मुद्दा दायर भएपछि एकीकृत समाजवादीका नेताहरु विचलित बनेका छन्। पार्टीका नेताहरुले आफ्नो पार्टीमाथि सरकारले प्रतिशोध साँधेको आरोप लगाएका छन्।
नेपाली कांग्रेस र एमालेको शक्तिशाली गठबन्धन सरकारको नेतृत्व गरिरहेका ओली सत्तामा हुँदा आफ्नै पूर्वसहकर्मी माधवको राजनैतिक जीवनको अस्तित्व समाप्त हुने निश्चित बनेको छ।
पार्टीका वरिष्ठ नेता वेदुराम भुसालले सरकारले प्रतिशोध साँध्नका लागि आफ्नो पार्टीका अध्यक्षमाथि प्रहार भएको बताए। ‘राजनीति प्रतिशोध साँधेकाले राजनीति प्रतिवाद गर्छौं। कानुनी हिसाबबाट त्यहीअनुसारको लड्छौँ,’ उनले भने, ‘औपचारिक रुपमा हामीले सूचना पाएका छैनौँ।’ उनले दुई तिहाईको सरकारले देशको हितमा हुने कामभन्दा बढी प्रतिशोधपूर्ण रुपमा काम गरेको संकेत गरे।
पार्टीले आफ्ना अध्यक्ष माधव नेपालविरुद्ध सरकारले प्रतिशोध साँधेको दाबी गरिरहँदा उनको सांसद पद निलम्बन भएको छ। एमालेमा हुँदा ओलीसँग मतभेदका कारण कठिन दिन गुजारेका माधवले पार्टी फुटाएर पनि सुख पाएका छैनन्।
नेपाली कांग्रेस र एमालेको शक्तिशाली गठबन्धन सरकारको नेतृत्व गरिरहेका ओली सत्तामा हुँदा आफ्नै पूर्वसहकर्मी माधवको राजनैतिक जीवनको अस्तित्व समाप्त हुने निश्चित बनेको छ। वयोवृद्ध उमेरमा भ्रष्टाचारको भारी काँधमा बोक्नुपर्ने दुःख आएको छ।