काठमाडौं। नेपालमा यस वर्षको मनसुन सरदरभन्दा १५ दिनअगावै जेठ १५ देखि नै भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १८ देखि असोज १४ सम्मको चारमहिने मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ। यसले गर्दा वर्षायाममा सडक सञ्जालमा बाढीपहिरोका कारण उत्पन्न हुने जोखिम अझै बढेको छ।
सडक विभागले यसलाई सामना गर्न र सडक अवरोर्ध तत्काल व्यवस्थापन गर्न देशभरका विभिन्न स्थानमा २७७ वटा विभिन्न उपकरण तयारी अवस्थामा राखेको हो। यी उपकरणमा डोजर ट्रयाक, ह्वील लोडर, ब्याकहो लोडर, एक्जाभेटर ट्रयाक, एक्जाभेटर ह्वील, ट्रान्सपोर्टर, क्रेन माउन्टेड, फ्ल्याट बेड, टिपर, मोबाइल क्रेन र एयर कम्प्रेसर समावेश गरिएको हो।
बर्खामा नेपालका सडकको अवस्था बेहाल हुन्छन्। यो वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिएसँगै सडक सञ्जालमा हुने जोखिम झनै बढेको छ। वर्षाको समय देशभर बाढीपहिरोका कारण सडक जोखिमयुक्त हुनुका साथै घन्टौंसम्म बाटो अवरोध हुन्छन्। यस्ता समस्या समाधान गर्न सडकमा तयारी अवस्थामा उपकरण राखिएको सडक विभागका उप–महानिर्देशक तथा प्रवक्ता ई. प्रभातकुमार झा बताउँछन्।
कुन क्षेत्रमा कति उपकरण
बाढीपहिरोका कारणले फसेकालाई उद्धार गर्न तथा बाटो खुलाउन देशभर आठ वटा क्षेत्र निर्धारण गरी उपकरण राखिएको छ। पूर्वी नेपालका मेची–राजमार्ग (फिदिम–ताप्लेगञ्न्ज, इलाम–फिदिम, इलाम–फिक्कल–पशुपति) सडक खण्डमा उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ।
काँकडभिट्टा–मावा खण्ड र चारआली चिहानेडाँडा सडक खण्ड, भेंडेटार–मूलघाट–धनकुटा सडक, धरान–भेंडेटार, छत्र–वबराहक्षेत्र, लेगुवाघाट–भोजपुर सडक, टुटेदेउराली–मुडे–चैनपुर–खद्वारी–सडक, हरकपुर–ओखलढुंगा–पटाले–सडक, पातले–ढिंगला–सिस्नेरी भीर–सल्लेरी–सडक, हर्कपुर–हिलेपानी–हलेसी सडक, धरान–भेडेटार सडक,गाईघाट–दिक्तेल सडक, मिर्चैया–कटारी घुर्मी–सडक, मिर्चैया–कटारी घुर्मी–सडक, लहान–कदमहा–गाईघाट–सडकलगायत सडक खण्डमा मनसुनजन्य समस्या आए राहत र उद्धारका लागि ४२ वटा सवारी उपकरण तयारी अवस्थामा रहेको विभागले जनाएको छ। यी सडक सञ्जाल संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, इटहरी (हाल–दमक)अन्तर्गत पर्छन्।
इटहरीस्थित तयारी अवस्थामा रहेका सवारी उपकरण

यस्तै, बर्खे खोला, लुभु सित्खा खण्ड, किर्तर–रामेछाप खण्ड, किर्तर–रामेछाप खण्ड, नेपालथोक–बीपी राजमार्ग, दोरामा खाँड, चन्द्रनिगाहपुर सडक लगायतमा ३३ वटा सवारी उपकरणहरु परिचालन गरिएको छ।
जनकपुरस्थित तयारी अवस्थामा रहेका सवारी उपकरण

विभागका अनुसार अरनिको राजमार्ग, बीपी राजमार्ग, साखु मेलम्ची रोड, सितापाइला धार्के रोड, बल्खु दक्षिणकाली रोड, टिकभैरव, छम्पी, लामाटार टिकभैरव, छम्पी, लामाटार, कान्ति लोकपथलगायत काठमाडौं उपत्यका आसपास क्षेत्रमा ५३ वटा सवारी उपकरण परिचालन गरिएको विभागले जनाएको छ।
काठमाडौंस्थित तयारी अवस्थामा रहेका सवारी उपकरण

मुग्लिनदेखि गाईघाट (सेती दोभान), गाईघाटदेखि नारायणघाट, नारायणघाटदेखि मुग्लिन, भरतपुरमा स्ट्यान्डबाइ, लमेडाँडादेखि हेटौंडा-लोथरदेखि हेटौंडा*चुरियादेखि हेटौंडा-लामेडाँडादेखि हेटौंडा-लोथरदेखि हेटौंडा-चुरियादेखि हेटौंडालगायत सडक खण्डमा २५ वटा सवारी उपकरण परिचालन गरिएको विभागले जनाएको छ।
हैटौंडास्थित तयारी अवस्थामा रहेका सवारी उपकरण

यस्तै, वालिङ–क्याक्मी खण्ड (सिद्धार्थ राजमार्ग), पुतलीबजार–वालिङ खण्ड (सिद्धार्थ राजमार्ग), कुभिन्डे–पुतलीबजार खण्ड (सिद्धार्थ राजमार्ग), नौडाँडा–नयाँपुल–कुश्मा, वालिङ–क्याक्मी खण्ड (सिद्धार्थ राजमार्ग), पुतलीबजार–वालिङ खण्ड (सिद्धार्थ राजमार्ग), कुभिन्दे–क्याक्मी खण्ड (सिद्धार्थ राजमार्ग), मालढुंगा–बागलुङ, बागलुङ–बेनी खण्ड, बागलुङ–बेनी खण्डमा ३५ वटा सवारी उपकरण परिचालन गरिएको छ।
पोखरास्थित तयारी अवस्थामा रहेका सवारी उपकरण

आरडीओ शिवपुर, गोरुसिंगे–सन्धिखर्क रोड, सालझन्डी, सन्धिखर्क ढोरपाटन आयोजना, बुटवलमालगायत सडक खण्डामा २४ वटा सवारी उपकरण तयारी अवस्थामा छन्।
बुटवलस्थित तयारी अवस्थामा रहेका सवारी उपकरण विवरण

ताल्पोखरी दैलेख, तल्लो डुङ्गेश्वर दैलेख, छिन्छु सुर्खेत, सोलवाङ पश्चिम रुकुम, माटेला जाजरकोट, चौरजहारी रुकुम, जसपुर प्युठान, बडाडाँडा प्यूठान, नग्मा कालिकोट, त्रिपुराकोट डोल्पा, सन्निघाट कालीकोट-भुक्काखोला बाजुरा, मन्मा कालीकोट, कपुरकोट सायन, धबन रोल्पा, भंगेरीलखुरी, सल्यानलगायत सडक खण्डमा ३३ वटा वटा सवारी उपकरण परिचालन गरिएको छ।
नेपालगञ्ज स्थिति तयारी अवस्थामा रहेको सवारी उपकरणको विवरणः

आरडी महेन्द्रनगर, बूढीटोला–भासुमहेन्द्रनगर, सहजपुर– फाल्तुडे, महेन्द्रनगर, भावर पहारो, महेन्द्रनगर, गोदावरी–बुढीखोला, कुलपाटे डोटी बुडर–साहुखर्कलगायत सुदूरपश्चिमका सडकमा मनसुनी कारणले हुने समस्यालाई व्यवस्थापन गर्न ३२ वटा सवारी उपकरण तयारी अवस्थामा छन्।
कैलालीस्थित तयारी अवस्थामा रहेका सवारी उपकरण विवरण
