काठमाडौं। दुई दिन चलेको जेनजी आन्दोलनले देशको मौसम धुमिल बनाएको छ। आकाशमा बादल बनेर धुवाँले ढाकिएको छ। जहाँत्यहाँ अन्धकार छाएको छ। जेनजी आन्दोलनसँगै देखिएको धुमिल मौसम एकझर वर्षाले खुला हुनेछ। तर धुवाँबाट बनेको वर्षाले इतिहासमा कालो दाग कहिल्यै मेट्न सक्दैन।
गत सोमबार अर्थात् भदौ २३ गते जेनजीको नाममा देशभर आन्दोलन भयो। सामाजिक सञ्जालबाट प्रभावित भएका युवाहरू सडकमा ओर्लिए। शान्तिपूर्ण हुने भनिएको आन्दोलनमा २१ जनाभन्दा बढीले ज्यान गुमाए। त्यतिकै धेरै बालबालिका बेपत्ता भए। पाँच सयको हाराहारीमा घाइते भए।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जेनजीको आन्दोलन दबाउन हरसम्भव प्रयास गर्यो। तर आन्दोलन थप उत्कर्षमा पुग्ने निश्चित थियो। सामाजिक सञ्जालमार्फत आन्दोलन अझ चर्काउने अभियान चलिरहेको थियो।
आन्दोलनको दोस्रो दिन अर्थात् मंगलबार जे नहुनुपर्ने थियो, ती सबै भए। आन्दोलनकारीका रूपमा बालबालिकादेखि वृद्धसम्म जुनसुकै उमेरका मानिसहरू सडकमा ओर्लिए। बिहानसम्म केही मात्रामा शान्त रूपमा अगाडि बढेको आन्दोलन दिउँसोदेखि आक्रोशित बन्न पुग्यो।
नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीका पार्टी सभापति र अध्यक्षका घरहरू खरानी भए। नेताहरूमाथि प्रहार भए। उनीहरूबाहेक शीर्ष नेताका घरमा आगजनीसँगै तोडफोड हुन थाल्यो। साथै लक्षित भौतिक संरचनामाथि आगजनी हुने क्रम बढ्यो।
अवस्था विकराल बनेसँगै प्रधानमन्त्री ओलीले राजीनामा दिएर भागे। उनी प्रधानमन्त्री निवास बालुवाटारबाट भागेसँगै देशको समग्र प्रशासनमाथि आन्दोलनकारीहरू हाबी भए।
नेताहरूमाथि भौतिक र मानसिक प्रहार गरेर आक्रोशित बनेका आन्दोलनकारीको निशाना प्रहरी प्रशासन बन्यो। देशभरका अधिकांश प्रहरी प्रशासनमा आगो लगाइदिए। जिउँदै जलाइदिए। प्रहरीमाथि हातपात गरी लखेटे। सार्वजनिक सवारीसाधनमाथि आगो लगाउन सुरु गरे। स्थिति यतिसम्म भयावह बन्न पुग्यो कि आन्दोलनकारीले एम्बुलेन्ससम्मलाई छाडेनन्।
अवस्था विकराल बनेसँगै प्रधानमन्त्री ओलीले राजीनामा दिएर भागे। उनी प्रधानमन्त्री निवास बालुवाटारबाट भागेसँगै देशको समग्र प्रशासनमाथि आन्दोलनकारीहरू हाबी भए।
प्रधानमन्त्री कार्यालयबाट आन्दोलनकारीहरूले राष्ट्रिय सम्पत्ति चोरेर हिँड्न थाले। यता देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आगो लगाउन सुरु गरे। सिंहदरबारमा आगो लगाएसँगै आन्दोलनकारीहरूले योजनाबद्ध रूपमा राष्ट्रपति कार्यालय, सर्वाेच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित सबै सरकारी निकायको कार्यालय र विभागमा आगो लगाइदिए। यता निजी सम्पत्तिमाथि आक्रमण गरेर सामान बोकेर हिँडे। लैजान नसकेको सामानमा आगो लगाइदिए।
जेनजी आन्दोलनकारीहरूको मुख्य माग भ्रष्टाचार अन्त्य र स्थिर सरकार थियो। तर भ्रष्टाचारका हजारौं फाइल सदाका लागि खरानी बनाइदिए। सरकार चलाउन आवश्यक पर्ने सम्पूर्ण संरचनासँगै भौतिक सम्पत्ति खरानी बनाए। यसले जेनजी आन्दोलनबाट धुवाँले अन्धकार बनाएको मौसम जस्तै उनीहरूकै जीवन अन्धकारमय बनाएको छ।
सामाजिक सञ्जालको बलमा नेतृत्वविहीन आन्दोलनबाट देश ठूलो दलदलमा फसेको छ। विकास निर्माणका काम ठप्प हुने छन्। बेरोजगारी बढ्ने निश्चित छ।
दुई दिनमै सत्ता ढालेर भ्रष्टाचारी भनिएका व्यक्तिहरूको खातम गर्न सफल भएको आन्दोलन अझै भयावह छ। देशको सुरक्षा सेनाको हातमा पुगेको छ। आफैंमाथि कुनै अपराधिक घटना भए भन्ने निकाय ध्वस्त छ। सरकारी निकायहरू ठप्प छन्।
जेनजी आन्दोलनबाट रोजगारदाता कम्पनी खरानी भएका छन्। अर्बौंको सम्पत्ति गुमाएका छन्। यी कम्पनीमा काम गर्ने कामदारहरूको भविष्य अनिश्चित बनेको छ।
सामाजिक सञ्जालको बलमा नेतृत्वविहीन आन्दोलनबाट देश ठूलो दलदलमा फसेको छ। विकास निर्माणका काम ठप्प हुने छन्। बेरोजगारी बढ्ने निश्चित छ। पर्यटकहरू आउन छाड्ने छन्। विदेश पढ्न जाने जेनजीकै भविष्य अन्धकारमय हुनेछ। विश्वव्यापी रूपमा नेपाललाई हेर्ने दृष्टिकोण फेरिनेछ।