काठमाडौं । घोराहीले सिमेन्ट उत्पादनमा गम्भीर लापरबाही गरेको निश्कर्ष निकाल्दै सरकारले तीन महिनाका लागि उत्पादनमा रोक लगाएको छ ।
नियतबस नै सगरमाथा ओपीसी सिमेन्टमा माटो मिसाएको नेपाल गुणस्तर तथा नापतौल विभागले निश्कर्ष निकाल्दै तीन महिनाका लागि ओपीसी सिमेन्टको उत्पादन रोकेको हो ।
सिमेन्ट उत्पादनमा घोराहीको चरम बदमासी, पीपीसीलाई ओपीसी भन्दै बेचेको आशङ्का
‘खराब नियत राखेरै ओपीसी सिमेन्ट निकालेको पाइयो, त्यही भएर सगरमाथा ओपीसी सिमेन्टको लाइसेन्स खारेज गरिएको छ,’ विभागका महानिर्देशक विश्ववाबु पुडासैनीले भने, ‘घोराहीले सगरमाथा ओपीसी सिमेन्ट बनाउँदा जुन प्रकृतिको लापरबाही गरेको छ, त्यो नियतबस नै हो ।’
विभागले बाग्लुङबाट सगरमाथा सिमेन्टको नमूना सङ्कलन गरेर परीक्षण गर्दा सिमेन्टमा माटोको मात्रा १३ प्रतिशत भन्दा बढी फेला पारेको थियो । जबकी, कानुन अनुसार २ प्रतिशतभन्दा बढी धुलोको मात्रा हुनु हुँदैन ।
माटो मिसाएर सिमेन्ट बेच्ने घोराहीको उत्पादन रोक्ने तयारी
सगरमाथा ब्रान्डमा भेटिएको धुलोको मात्रा र घोराहीले बुझाएको स्पस्टीकरणबाट पनि जानाजान माटो मिसाइएको पाइएको विभागको निश्कर्ष छ ।
घोराहीले अत्यन्तै चलाखीपूर्ण तरिका अपनाएको पनि विभागको बुझाइ छ । घोराही काठमाडौंलगायत सहरमा गुणस्तरीय सिमेन्ट पठाउने तर, गाउँ गाउँमा गुणस्तरहीन सिमेन्ट पु¥याएको पनि विभागको निश्कर्ष छ ।
खासगरी, ग्रामिण भेग, जुन ठाउँमा सरकारी अधिकारीहरु सहजै पुग्दैनन, ती ठाउँमा सगरमाथा सिमेन्ट बिक्री भइरहेको विभागले अनुमान लगाएको छ ।
याे पनि पढ्नुहाेस्
घोराहीको चलाखीः माटो मिसाइएको सिमेन्ट गाउँमा, गुणस्तरिय काठमाडाैंमा