काठमाडाैं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले स्मार्ट क्युआर सञ्चालनमा ल्याएको छ । विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तिमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकीकृत गर्न सक्ने गरी यस किसिमको क्वीक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फम स्मार्ट क्युआर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको नगदरहित कारोबार प्रणालीको प्रवद्र्धन गर्ने योजनालाई प्रोत्साहन गर्दै वित्तीय कारोवार अघि बढाउने नीति अनुरुप विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई विश्वस्तरीय, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न यो प्रणाली सक्षम रहेको बताइएको छ ।
मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा योगदान गर्ने कम्पनीको नीति र प्रतिबद्वता अनुसार यो सेवा सञ्चालनमा ल्याइएको हो । परम्परागत प्रणालीलाई स्तरोन्नति गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवद्र्धन गर्ने यस कम्पनीको मुख्य लक्ष्य रहेको छ ।
स्मार्ट क्युआरको प्रयोगबाट ग्राहकलाई छिटो र सरल किसिमले क्युआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो हुनेछ । विशेषतः यस क्वीक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फममा आबद्घ भएका बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुले इएमभी को स्टान्डर्ड स्टाटिक वा डायनामिक क्युआर कोड जेनेरेट गरी स्वदेशी तथा बिदेशी क्युआरसी पेमेन्ट सर्भिसहरुको बीचमा पनि सहजै एकिकृत कारोवार गराउन सकिने ब्यबस्था गरिएको छ ।
स्मार्ट क्युआरको सञ्चालनमा आइएमई पे, प्रभु पे, क्यु पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक र अन्र्तराष्ट्रिय संस्था युनियन पे इन्टरनेसनलको समेत सहकार्य तथा साझेदारी रहेको हुँदा यसको वृहत्तर पहुँच रहेको छ । साथै, युनियन पे इन्टरनेशनलसँग आबद्ध खल्ती, मो–बैंक जस्ता विभिन्न भुक्तानी सेवा प्रदायकले पनि स्र्माट क्युआर को माध्यमबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
आगामी दिनमा यस प्रकारको सेवा प्रदान गर्ने स्वदेशी तथा बिदेशी संस्थाहरुको अधिक संलग्नता गराउँदै यसको पहुँचलाई अझै बिस्तार गर्दै लैजाने कम्पनीको लक्ष्य रहेको छ ।
विभिन्न मोबाइल वालेट प्रयोग गर्ने ग्राहकहरुले स्मार्ट क्यूआरको एउटै क्यूआर पेमेन्ट टर्मिनल स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् भने व्यापारीले एउटा स्मार्ट क्यूआरको क्यूआर पेमेन्ट टर्मिनल राखेर विभिन्न वालेट प्रयोगकर्ताको भुक्तानी स्वीकार गरी एकीकृत कारोबार गर्न सक्नेछन् ।
स्मार्टच्वाइस टेक्नोलोजिजले आफ्नो नयाँ प्रडक्ट स्मार्ट क्युआरको सुरुवातका अवसरमा प्रयोगकर्ताका लागि बिभिन्न मल, डिपार्टमेन्ट स्टोर र रेष्टुरेण्टहरुमा १५ प्रतिशत सम्मको छुट अफर सार्वजनिक गरेको छ । यो अफर अन्र्तगत वालेट प्रयोगकर्ताले सेल्सबेरी, डेलि ग्रोसरी, न्यूमार्ट जस्ता डिपार्टमेन्ट स्टोर र ग्यापु मुन्छा तथा इनफिस्टोरजस्ता अनलाइन स्टोरबाट १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यसका अलाबा काठमाडौं उपत्यका भित्रका ५० भन्दा बढी रेष्टुरेन्टमा समेत वालेट प्रयोगकर्तालाई १० प्रतिशत छुट पाउने सुबिधा रहेको कम्पनीले जनाएको छ ।