काठमाडौं । कोरोना भाइरस महामारीले राजधानीमा रहेको पुरानो अन्नपूर्ण होटल बन्द भएपछि फैलिएको नकारात्मक सन्देशलाई पाँचतारे होटल हायात प्यालेसले चिरेको छ । अहिलेको परिस्थितिमा होटलहरू चल्न सक्दैनन्, भन्ने सन्देशलाई चिर्दै पाँचतारे होटल हायात प्यालेस वैशाखबाट सञ्चालनमा ल्याउने तयारी भएको छ ।
कोरोना भाइरसकै बीचमा काठमाडौंको सोल्टीमोडमा निर्माण भइरहेको पाँचतारे होटल हायात प्यालेस पूर्णरूपमा तयार भएको छ । कोभिडको प्रभावले निर्माणाधीन अधिकांश होटलहरूको काम सुस्त भइरहेको बेला हायात प्यालेस भने सञ्चालनको तयारीमा जुटेको हो ।
![No description available.](https://scontent.fjkr1-1.fna.fbcdn.net/v/t1.15752-9/140324235_2703684563217963_6008128949299571439_n.jpg?_nc_cat=100&ccb=2&_nc_sid=ae9488&_nc_ohc=l9qK4-WS1kkAX_hS1JV&_nc_ht=scontent.fjkr1-1.fna&oh=7213a640dc1ecc233ef26bbb5f8b0c68&oe=602FD8AD)
होटलका महाप्रबन्धक वरुण तलवारले आगामी वैशाखबाट सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी भइरहेको बताए । १५३ वटा कोठा रहेको सो होटल अन्तर्राष्ट्रिय स्तरको होटल हो । अहिले होटलको निर्माणको काम सबै सकिएको र भित्री तयारीहरू धमाधम भइरहेकाले वैशाखदेखि सञ्चालनमा ल्याउने महाप्रवन्धक तलवारले जानकारी दिए ।
कोभिडको संक्रमण विस्तारै कम हुँदै गएको र यसको विरुद्धको खोपसमेत आइसकेकाले अबको अवस्था सामान्यतर्फ उन्मुख हुने सोचका साथ होटललाई सञ्चालनमा ल्याउन लागिएको उनले बताए ।
![No description available.](https://scontent.fjkr1-1.fna.fbcdn.net/v/t1.15752-9/140930880_742495736703563_4920627396133312385_n.jpg?_nc_cat=104&ccb=2&_nc_sid=ae9488&_nc_ohc=PS2tS32qT9gAX8iQsO6&_nc_ht=scontent.fjkr1-1.fna&oh=0891de767bbdb65c1f1062bf76c7728e&oe=6030FDD3)
कोभिडका कारण अहिले सञ्चालनमा रहेका पाँचतारे होटलहरू पूर्णरूपमा सञ्चालनमा ल्याउन सकिएको छैन । अन्नपूर्ण होटल २०२२ सम्मका लागि बन्द गरिएको छ ।
यस्तो अवस्थामा पनि हायात प्यालेसले भने आफू प्रतिस्पर्धी बनेर बजारमा आउन लागेको हो । अहिले काठमाडौंसहित देशभर आधादर्जनभन्दा बढी पाँचतारे होटलहरू निर्माण भइरहेका छन् । तर, कोभिडले गर्दा काममा ढिलाइ हुन गएको छ ।
![No description available.](https://scontent.fjkr1-1.fna.fbcdn.net/v/t1.15752-9/140224599_1061192641067836_7342900791442776668_n.jpg?_nc_cat=101&ccb=2&_nc_sid=ae9488&_nc_ohc=I_X2rgmdsmoAX-NQdp2&_nc_ht=scontent.fjkr1-1.fna&oh=85af5298f4ccafcf4f25b528a05600ee&oe=60317A27)
हायात प्यालेस होटल नेपालको व्यावसायिक घराना गोल्यान ग्रुपले निर्माण गरेको हो । होटलको व्यवस्थापनसमेत गोल्यान ग्रुपले नै गर्ने भएको छ । होटल साढे १० रोपनी क्षेत्रफलमा फैलिएको छ ।
१४ तले भवनमा होटलका लागि १ सय ५३ कोठा हुने छन् । ‘लक्जरी तथा बिजनेस क्याटेगोरी’ सबैलाई मिल्ने गरी कोठाहरूको इन्टेरियर डिजाइन भएको जनाएको छ । पार्किङ सुविधाका लागि दुई तलाको बेसमेन्ट हुने उक्त होटलमा सबै स्तरीय सुविधा हुनेछन् ।
![No description available.](https://scontent.fjkr1-1.fna.fbcdn.net/v/t1.15752-9/140421399_2863578327265264_1739680288243971061_n.jpg?_nc_cat=103&ccb=2&_nc_sid=ae9488&_nc_ohc=X2mbC49NzXEAX_rUbmr&_nc_ht=scontent.fjkr1-1.fna&oh=07c06bb179004f7ab24d14215e582c8a&oe=602FF181)
तत्कालका लागि क्यासिनो भने सञ्चालन हुने छैन । त्यस बाहेक, स्वीमिङपुल, स्पा, जिम, ब्यांकेट हल, मिटिङरुम हुनेछन् । हायात ब्रान्डको नेपालमा दोस्रो होटल हुनेछ ।
यसअघि नै हायात रिजेन्सी होटल काठमाडौंमा सञ्चालित छ । हायात रिजेन्सी र हायात प्यालेसका लगानीकर्ता फरक हुन् । यसको अन्तर्राष्ट्रिय चेन ब्रान्ड भने एउटै हो ।
![No description available.](https://scontent.fjkr1-1.fna.fbcdn.net/v/t1.15752-9/140023459_1538837016303255_1809955468571641674_n.jpg?_nc_cat=111&ccb=2&_nc_sid=ae9488&_nc_ohc=Op4dkrpb474AX_KwD2O&_nc_oc=AQnMILyZpWQuubq5cHwkG-3L19SZO6ZDeMc4sauqVYNV7PcIh4Pm7XVxjmrP2ADzLEs&_nc_ht=scontent.fjkr1-1.fna&oh=78130af18a469ef36d22d605c50d7c1f&oe=60332CE4)
![No description available.](https://scontent.fjkr1-1.fna.fbcdn.net/v/t1.15752-9/141129831_1142917602793416_322602893885397824_n.jpg?_nc_cat=100&ccb=2&_nc_sid=ae9488&_nc_ohc=mshl7caFoxMAX_1FMKW&_nc_ht=scontent.fjkr1-1.fna&oh=0268dba80e218cdffc8273de1d9de1b7&oe=603101C9)
![No description available.](https://scontent.fjkr1-1.fna.fbcdn.net/v/t1.15752-9/141130754_431404361545606_2644063294181867567_n.jpg?_nc_cat=106&ccb=2&_nc_sid=ae9488&_nc_ohc=-evXqdd1ol0AX-H1bmC&_nc_ht=scontent.fjkr1-1.fna&oh=42f47bc965b58167ff004dfeebea3a25&oe=602F520C)
![No description available.](https://scontent.fjkr1-1.fna.fbcdn.net/v/t1.15752-9/141419353_911959322941968_6258508728868974201_n.jpg?_nc_cat=100&ccb=2&_nc_sid=ae9488&_nc_ohc=5oV0M1yF5QsAX93-fZg&_nc_ht=scontent.fjkr1-1.fna&oh=48dfa9db519806225132d3742e45d606&oe=6033032A)
![No description available.](https://scontent.fjkr1-1.fna.fbcdn.net/v/t1.15752-9/140940023_1307173229649461_7402966242781672260_n.jpg?_nc_cat=109&ccb=2&_nc_sid=ae9488&_nc_ohc=0B_wMMohRbAAX8Zw1DT&_nc_ht=scontent.fjkr1-1.fna&oh=8da7ca40cd57ca0512fa39166d31026c&oe=6030D579)
![No description available.](https://scontent.fjkr1-1.fna.fbcdn.net/v/t1.15752-9/140012384_317155393052771_3022092204699226895_n.jpg?_nc_cat=111&ccb=2&_nc_sid=ae9488&_nc_ohc=x5M_qhTxsX4AX9Fn0NV&_nc_ht=scontent.fjkr1-1.fna&oh=320630c5332a735e891313abd44e6160&oe=603148A4)
![No description available.](https://scontent.fjkr1-1.fna.fbcdn.net/v/t1.15752-9/140421399_248890030044523_2749567377159169009_n.jpg?_nc_cat=109&ccb=2&_nc_sid=ae9488&_nc_ohc=TBMcRBR2HWAAX_N0wG6&_nc_ht=scontent.fjkr1-1.fna&oh=10386e298809d13ade1a1f1f1bf969dc&oe=60331E85)