काठमाडौं । चौधरी ग्रुप (सीजी)ले चार दशकदेखि राष्ट्रिय तथा बहुराष्ट्रिय ब्राण्डका घरायसी सामग्री बिक्री वितरण गर्दै आएको छ ।
सीजीले यी आयामलाई निरन्तरता दिँदै ईओएल प्रालिद्वारा वितरित सीजी इलेक्ट्रोनिकका सामानहरू (एलईडी बल्ब, सकेट, पनेल लाइट, एम सीबी, स्विच, सकेट, एम सीबी, पनेल लाइट, सबमिटर, मोडुलर र सेमीमोडुलर स्विच, स्ट्रीट लाइट आदि) साथै केन्ट ब्रान्डको पंखा, नेक्स मोडुलर स्विच तथा हिटरहरु बिक्री वितरण गर्दै आएको जनाएको छ ।
साे कम्पनीले यस विधामा सीजीका आरजीबी प्यानललाइट पनि थपेको जनाएको छ । यसका लागि हेटौंडा डिलरको सम्मेलन आयोजना सम्पन्न गरेको छ । मकवानपुरका लागि आधिकारीक विक्रेता स्वस्तिक सप्लायर्स रहेको जनाइएको छ ।
सीजीका आरजीबी प्यानललाइट लामोसमय टिक्ने, उत्कृष्ट रंग रेन्डरिंग, ऊर्जाको बचत, २४ महिनाको वारेन्टी साथै सीजीको क्वालिटीको ग्यारेन्टी रहेको कम्पनीले जनाएको छ ।