काठमाडौं । गैरआवासीय नेपाल संघ(एनआरएनए)को एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा मलेसियाबाट हरिप्रसाद भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए मलेसिका पूर्वअध्यक्ष भट्टराईले अन्तर्राष्ट्रिय समन्वय परिषदको १० औं महाधिवेशनका लागि क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
‘सुरक्षित,मर्यादित र व्यवस्थित वैदेशिक रोजगार, युवा पुस्ताको सहभागिता र श्रमिक मैत्री एनआरएन मेरो सरोकार ’ मुल नारा सहित उनले आफ्नो उम्मेद्धवारी घोषणा गरेका छन् ।
एनआरएनए मलेसियामा रहँदा लामो समयदेखि एनआरएनएका हरेक अभियानमा सक्रिया सहभागिता जनाउँदै एनआरएनएको केन्द्रीय कार्यालय स्थापनामा आर्थिक सहयोगदेखि भूकम्पपीडित,बाढीपीडित हुँदै कोभिड पीडितसम्म आइपुग्दा आर्थिक,नैतिक र भौतिक सहयोग गरेको उल्लेख गरेका छन् ।
एनआरएनए मलेसियाको कार्यालय आफ्नै कार्यकालमा तयार पारेको र आफैले १५ लाख रुपैयाँजम्मा गरेर स्थापना गरेको कल्याणकारी कोषबाट हजारौं नेपालीलाई सहयोग गरेको उनको भनाई छ ।
यस्ता छन् प्रतिबद्धताहरु
-एनआरएनए एसिया प्यासिफिकका हरेक गतिविधीहरुलाई श्रमिकमैत्री बनाइने छ ।
-नेपाल र एसिया प्यासिफिकको सम्बन्ध श्रममैत्री मात्र नभएर व्यापारिक तथा आर्थिक सम्बन्ध विस्तार गर्न पहल गर्ने
-कोभिडका कारण रोजगार गुमाएका वा समस्यामा परेका, विरामी तथा जेलमा रहेका नेपालीलाई निःशुल्क स्वदेश पठाउन, रोजगारका लागि पहल गर्न तथा सहयोगका लागि पहल गर्ने
-नेपालीका लागि प्रमुख श्रम गन्तव्य मलेसिया,जापान,दक्षिण कोरियालगायतका देशमा रहेका नेपाली श्रमिकलाई फाइदा पुग्ने गरी दुईदेशबीचको सम्बन्ध स्थापित गराइ रोजगारी सहज बनाउन पहल गर्ने
-विदेशमा रहेका नेपाली नियोगसँग एनआरएनको सहकार्यलाई थप बलियो बनाइने
-कोभिड महामारीको समस्या र यसले पार्ने मनोवैज्ञानिक असरका बारेमा चेतनामुलक कार्यक्रम,स्वास्थ्य शिविर तथा परामर्शका कार्यक्रम गर्ने
-नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई विश्व सामू चिनाउनका लागि एनआरएनएको विश्व संजाल मार्फत आवश्यक पहल गर्ने
-श्रमिक गन्व्य देशमा जाने तथा आउने हवाई टिकट सस्तो र सुलभ बनाउन पहल गर्ने-एनआरएनएमा युवा तथा दोश्रो पुस्ताको आकर्षण बढाउने कार्यक्रम गर्नुका साथै विदेशमा नेपाली भाषा,कला,संस्कृति जगर्नेनाका लागि अभियान चलाउनेछु ।