काठमाडौं । विश्वव्यापी मनिट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक मनिग्रामले बिहीबार नेपालमा सञ्चालन गरेको विशेष बजार प्रवर्ध्दन योजनाका विजयीहरुलाई पुरस्कृत गरेको छ । मेदेखि जुलाई महिनासम्म सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत मनिग्रामका ग्राहकलाई उनीहरुको कारोबार रकम हरेक हप्ता दोब्बर पार्ने अवसर प्रदान गरिएको थियो । यसका साथै मनिग्रामले २०७६ सालको दसैं–तिहारको उपलक्ष्यमा नयाँ विशेष प्रवद्र्धन योजना घोषणा गरेको छ ।
‘यसअघि सञ्चालन गरिएको प्रवर्ध्दन योजनाका २४ जना विजयीहरुले प्राप्त गरेको रकमको दोब्बर पुरस्कारबापत पाएकोमा म हर्षित छु । यो प्रवद्र्धनलाई अझ अगाडि बढाउँदै दसैं–तिहारभरि सबै जनासँग मनाउन हामी क्रियाशील हुनेछौं,’ मनिग्रामका भारतीय उपमहाद्वीप, इन्डो चाइना र मलेसियाका लागि क्षेत्रीय प्रमुख शेसागिरि (शुकेस) मालियाहले भने ।
सेप्टेम्बर १ (भाद्र १५)देखि आरम्भ भएको मनिग्रामको नयाँ योजना नोभेम्बर ३० (मङ्सिर १४)सम्म सञ्चालन हुनेछ । यसअन्तर्गत, मनिग्राममार्फत रकम भुक्तानी पाउने सबै जना भाग्यशाली ‘ड्र’मा सहभागी भई आफूले पाएको रकमको दोब्बर रकम जित्न सक्ने कम्पनीले बताएको छ ।
‘हामीले यो योजना यसअघि पनि सञ्चालन गरिसकेका छौं र यो कार्यक्रमले सधैं धेरै उत्साह जगाउँछ,’ मनिग्रामकी एसिया प्यासिफिक, दक्षिण एसिया र मध्यपूर्व क्षेत्रीय मार्केटिङ प्रमुख सब्रिना चानले भनिन्, ‘प्रत्येक हप्ता हामीहरु भाग्यशाली ‘ड्र’मार्फत नयाँ विजेता घोाषणा गर्छौं र उहाँहरु यसबाट अत्यन्त खुसी भएको देख्दा तपाईंहरु पनि आनन्दित हुनुहुनेछ ।’
आफ्ना ग्राहकहरुको जीवनमा मूल्य अभिवृद्धिमा सहयोग गर्दा हुने हर्ष आफ्ना लागि उत्प्रेरणाजनक हुने उनले बताइन् ।