काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले एमआई फ्यानहरुका लागि आकर्षक दशैं अफर सार्वजनिक गरेको छ । दशंैको शुभ अवसरमा शाओमीले प्रयोगकर्ताहरुका लागि स्मार्टफोनमा ५ ओटा विशेष सर्पराइज ल्याएको छ । ग्राहकले अब शाओमीका नयाँ–नयाँ स्मार्टफोन रेडमी ७, रेडमी वाई ३, रेडमी रेडमी नोट ७, एमआई ए३ र रेडमी ७ ए किन्दा आकर्षक अफरको आनन्द लिन सक्नेछन् ।
एमआई फ्यानले १९,९९९ मा रेडमी नोट ७ (३ जीबी प्लस ३२ जीबी) खरिद गरेर निर्धारण गरिएको मूल्यमा २ हजारको फ्ल्याट छुटको मज्जा लिन सक्नेछन् । विशेष सर्पराइजका रुपमा शाओमीले एमआई ए३ (४ जीबी प्लस ६४ जीबी) र (६ जीबी प्लस १२८ जीबी) सार्वजनिक गरेको छ । यो २३,९९९ र २७,९९९ रुपैयाँमा उपलब्ध हुनेछ ।
रेडमी ७ए (२ जीबी प्लस ३२ जीबी) मा पनि छुटको व्यवस्था छ र यो अब १०,९९९ रुपैयाँमा उपलब्ध हुनेछ । ग्राहकले रेडमी ७ (२ जीबी प्लस १६ जीबी) र (३ जीबी प्लस ३२ जीबी), रेडमी वाई ३ (३ जीबी प्लस ३२ जीबी) र (४ जीबी प्लस ६४ जीबी) मा १००० रुपैयाँ प्राप्त गर्ने सक्ने वितरकले बताएको छ ।
यी अफर सम्पूर्ण अफलाइन स्टोर, दराज डट कम डट एनपी र सस्तोडिल डट कममा उपलब्ध हुनेछन् ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, 'हामी सम्पूर्ण एमआई फ्यानहरुलाई शाओमी स्मार्टफोनको खरिदमा दशैंको विशेष अफर प्रदान गर्न निकै उत्साहित छौं । दशैंको रमाइलो अवसरमा यो पहलले हाम्रो उच्च गुणस्तरीय स्मार्टफोनलाई सुलभ मूल्यले गर्दा अझै आकर्षक बनाउने आशा गरेका छौं ।'