काठमाडौं । भक्तपुरको सल्लाघारी मैदानमा २५ सेप्टेम्बरदेखि २८ सेप्टेम्बरम्म ‘फुड टेक एन्ड कोल्ड चेन एसिया एक्स्पो’को पाँचौं संस्करण हुँदैछ ।
ओलम्पिया एक्जिभिसन प्राइभेट लिमिटेडले आयोजना गर्न लागेको उक्त प्रदर्शनीमा खाद्य प्रशोधन, बेकरी तथा डेरी, प्याकेजिङ मेसिन तथा मटेरियल्स, प्लान्ट, चिस्यान कोठा, भण्डारण प्रणाली, जुस प्रशोधन तथा फिलिङ मसिन, क्याटरिङ डिस्प्ले तथा उपकरण, कमर्सियल किचन उपकरण, आइस क्रिम मेसिन, क्लिनिङ सामग्री तथा लन्ड्री मेसिन, स्पाइस तथा खाद्य तेल पदार्थ, फुड प्रोडक्ट, हस्पिटालिटी तथा अन्य धेरै वस्तुहरुको बजारीकरण गरिने बताइएको छ ।
प्रदर्शनीमा सयभन्दा धेरै स्टल राखिने आयोजकले बताएको छ । साथै दश हजारभन्दा बढी दर्शक आउने अपेक्षा गरिएको छ । प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका साना ठूला संस्थाहरु पनि सहभागी हुने आयोजकले जानकारी दिएका छन् ।
प्रदर्शनीमा पछिल्लो पटक विकास भएका नयाँ मसिनहरुको पनि प्रत्यक्ष प्रदर्शनी गरिने बताइएको छ । प्रदर्शनीमा वान टु वान बिजनेस मिटिङ तथा भेन्डर र क्लाइन्ट्सका लागि सञ्जाल विस्तारको अवसर पनि प्रदान गरिने बताइएको छ ।