काठमाडौं । नयाँ बसपार्कमा रहेको बिजी मलले दसैंतिहार लक्षित उपहार योजना सुरु गरेको छ । ‘यामाहा फ्यान्टास्टिक दसैंतिहार, हरेक दिन उपहार’ योजनाबाट सेवाग्राहीले हरेक दिन कुनै न कुनै उपहार पाउने मलले जनाएको छ ।
चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए ।
सप एन्ड वीन उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा एक हजार रुपैयाँका सामान खरिद गर्नु पर्नेछ । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहारको घोषणा गरिने गिरीले जानकारी दिए ।
बम्पर उपहारमा गोलाप्रथाबाट तीन जना प्रत्येकले यामाहाको एफजेड मोटरसाइकल, यमाहा रे जेड स्कुटर तथा ४ रात ५ दिनको बैंकक ट्रिपको उपहार जित्न सक्ने मेला संयोजक हीरामणि तिमिल्सनाले जानकारी दिए ।
अफरअन्तर्गत ग्राहकले दैनिक १ हजार रुपैयाँको सपिङ भौचर, लन्च कुपन तथा मुभी टिकट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, साप्ताहिकरुपमा ३२ इन्चको सीजीको एलईडी टेलिभिजन, सीजी वासिङ मेशिन र सीजी ग्यास एन्ड इलेक्ट्रिक हिटर, सीजी इलेक्ट्रिक ओभन तथा साउन्ड बार उपहारका रुपमा पाउन सक्छन् ।
मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल सोरुम, लत्ताकपडा, श्रृंगार तथा सौन्दर्य सामग्री, रेष्टुरेन्ट, सिनेमा हल, बैंक, एटीएम लाउन्जलगायत ५ दर्जनभन्दा बढी पसल सञ्चालनमा छन् ।
असोज २ गतेदेखि सुरु भएको यमाहा फ्यान्टास्टिक दसैंतिहार योजना आगामी कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ ।