काठमाडौं । निजीवन बिमा व्यवसाय गरिरहेको जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडलले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
आईपीओ निष्कासन गर्न जनरलले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आईपीओ निष्काशन सम्बन्धी सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एसकेटमोट र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन ।
जनरल इन्स्योरेन्सको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि न्युनतम चुत्तापुँजी १ अर्ब रुपैयाँ पुग्ने छ । बिमा समितिले निर्जीव बिमा व्यवसाय गर्ने कम्पनीको न्युनतम पुँजी १ अर्ब रुपैयाँ तोकेको छ ।
कम्पनीले २०७४ असार ६ गतेदेखि बिमा व्यवसाय सुरु गरेको हो । कम्पनीले कारोबार शुरु गरेको छोटो अवधिमै काठमाडौं उपत्यकाका अतिरित्त बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, बिराटनगर, बनेपा, हेटौडा, नारायणगढ, चरीकोट, लाहान, जनकपुर, हरिओन, वीरगञ्ज, बर्दिबास, पोखरा, बाग्लुङ्ग, कावासोती, बुटवल, भैरहवा, घोराही, नेपालगंज, धनगढी, टीकापुर, महेन्द्रनगर, बट्टार, वालिङ, मणिग्रम, फसाटिकर, भुमहीमाका शाखामार्फत बिमा सेवा प्रदान गरिरहेको छ ।
काठमाडौं उपत्यका भित्र कालिमाटी, महाराजगंज चाबहिल, न्यूरोड, नयाँबानेश्वर, बालाजु, जावलाखेल, भक्तपुर गरी ३७ वटा शाखा कार्यालय र १० तेश्रोपक्ष काउण्टर मार्फत् बिमा सेवा प्रदान गरि रहेको छ ।