काठमाडौं। 'ग्लोकल टिन हिरो २०२२' भारत, बंगलादेश र श्रीलंकामा सम्पन्न भएकाे छ। ग्लोकल टिन हिरो भारतका लागि चौथाें संस्करण र ग्लोकल टिन हिरो श्रीलंकाका लागि तेस्रो संस्करण आयाेजना गरिएकाे हाे।
ग्लोकल टिन हिराे बंगलादेशका लागि पहिलाे संस्करण आयाेजना गरीएकाे हाे। ग्लोकल टिन हिरोलाई दक्षिण एसियामा पहल गर्ने उद्देश्यका साथ, ग्लोकलले यस अवसरलाई दक्षिण एसियाली किशोरकिशोरीलाई प्रोत्साहन र विकासका लागि हस्तान्तरण गरेको छ।
ग्लोकल टिन हिरोले भारत, श्रीलंका र बंगलादेशका विजेताको घोषणा गरेको छ। ग्लोकल टिन हिरो इन्डिया २०२२ का विजेता सामाजिक उद्यमी रूध्विक धरमकर हुन् । १८ वर्षीय उनी तेलंगानाका हुन्।
यस्तै ग्लोकल टिन हिरो बंगलादेशको विजेता ढाकाका १८ वर्षीय विज्ञान उत्साही तालहा जुबैर र ग्लोकल टिन हिरो श्रीलंकाका विजेता क्यान्डीका १७ वर्षीय कार्यकर्ता रिसांगा दिनसारा बन्दारा अबेगुनासेकेरा हुन्।
‘ग्लोकल टिन हिरो, ग्लोकल प्रालीको एक कार्यक्रम हो। जसले किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरू माझ चिनाउने कार्य गर्छ। वाई वाई ग्लोकल टिन हिरोले किशोरकिशोरीहरुको कायलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ।
ग्लोकल टिन हिरो श्रीलंका, भारत र बंगलादेशमा क्रमश: २३६, २०५ र २९१ आवेदनमध्ये छनोट गरिएको थियो। प्रत्येक राष्ट्रका ६ जना अन्तिम प्रतिस्पर्धीको कामको सुरूवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्शन मापनका लागि अन्तर्वार्ता लिइएकाे थियो।
ग्लोकल टिन हिरोका विजेतालाई एक कार्यक्रमका बीच सम्मन प्रदान गरिएकाे थियाे।