काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लिमिटेडका अनुसार नेप्से २.४२ विन्दुले ओरालो लागेर १ हजार १४९.६४ विन्दुमा पुगेको छ ।
नेप्से ओरालो लागे पनि कारोबार रकम भने ४० करोड रुपैयाँ माथि रहेको छ । कूल १४१ कम्पनीको कूल १२ लाख ८९ हजार १३४ कित्ता सेयर ४१ करोड ९० लाख ८८ हजार १३३ रुपैयाँमा खरीद बिक्री भए ।
सबैभन्दा बढी एनएमबी बैंकको सेयर कारोबार भएको छ । पछिल्लो समयमा एनएमबीमा लगानीकर्ता झुम्मिएका छन । एनएमबीको सेयर प्रतिकित्ता ४०२ रुपैयाँमा १२ करोड ३१ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको छ ।
यस्तै प्राइम कमर्शियल बैंकको प्रतिकित्ता २८० मा ३ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै नेपाल बैंकको १ करोड ८७ लाख ६७ हजार ९५४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ७६ लाख ७७ हजार र शिवम् सिमेन्ट १ करोड २३ लाख ४४ हजार १६५ रुपैयाँमा खरीद बिक्री भएको छ ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ६ उपसमूहको सेयर ओरालो लागेको छ । ६ उपसमूहको सेयर भने बढेको छ । बैंकिङ १.९४, विकास बैंक ७.५४, निर्जीवन बीमा ३६.२२, अन्य ५.२, लघुवित्त ५.७ र जीवन बीमा ४२ विन्दुले आरोलो लागेको छ ।
यस्तै व्यापार ५.७७, होटल १५.१९, जलविद्युत् १.६८, वित्त ५.१, उत्पादन ३९.८६ र सामूहिक लगानी कोष ०.०५ विन्दुले बढेका छन् ।
नेप्सेका अनुसार नेपाल फाइनान्सका लगानीकर्ताले ९.४० प्रतिशतले कमाउँदा शिवम् सिमेन्ट ६.७६, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ५.८७, विशाल बजार कम्पनी ५.६९ र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरधनीले ४.०२ प्रतिशतले कमाएका छन ।