काठमाडौं। सुकेधारा हाइटसमा रहेको मर्क्योर भारतको समृद्ध र विविध पाककलालाई सम्मान गर्दै जायका नामक आधिकारिक भारतीय भोजनालयको भव्य उद्घाटन गर्ने भएको छ।
अप्रिल ७ तारिखमा उद्घाटन हुन गइरहेको यस रेस्टुरेन्टको शुभारम्भ अभिनेत्री मनिषा कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न हुने छ।
जायकाले कार्यकारी शेफ मुकेश सिंह र सहायक शेफ मोहम्मद अहमदको पाककलाको उत्कृष्ट संयोजन प्रस्तुत गरी भारतको परम्परागत स्वादलाई आधुनिक भव्यतासँग मिश्रण गर्ने उद्देश्य लिएको छ।
जायकाको उद्घाटनमा मर्क्योरका महाप्रबन्धक विजय नन्मारन एस।ले आफ्नो उत्साह व्यक्त गर्दै भने, 'जायका केवल रेस्टुरेन्ट मात्र होइन यो भारतको पाककला सम्पदासँग जोड्ने एक नयाँ ढोका हो, हामी काठमाडौंमा यो विशेष भोजन अनुभव प्रस्तुत गर्न पाउँदा अत्यन्तै उत्साहित छौँ। हाम्रो प्रतिभाशाली शेफ टिमले तयार पारेको मेनुले पाहुनालाई भारतको स्वादको अविस्मरणीय यात्रामा लैजाने छ।'

जायकाको मेनुमा भारतीय खानाको गहिराइ र विविधतालाई दर्शाउँदै विभिन्न प्रख्यात परिकार समावेश छन्। विशेष परिकारमा मुर्ग शहजहानी, नल्ली निहारी र कसुन्दी झींगा अत्यन्तै रुचिकर र ध्यानपूर्वक तयार पारिएका छन्।
यस रेस्टुरेन्टको वातावरण मात्रै नभई निजी भोजन कक्ष, निजी सेवककोसेवा र अन्तरक्रियात्मक शेफको टेबल जस्ता विशेष अनुभवहरू समेत समावेश गरिएका छन्। जसले कुनै पनि व्यक्तिगत वा पारिवारिक उत्सवलाई अविस्मरणीय बनाउने छ।
१०औँ तल्लामा अवस्थित जायकाबाट काठमाडौं उपत्यकाको अनुपम दृश्यावलोकन गर्न सकिने छ।