काठमाडौ। सोमबार राती बसेको मन्त्रिपरिषद् बैठकबाट चार जना सचिवको सरुवा गर्ने निर्णय भएको छ।
शिक्षा मन्त्रालयका सचिवलाई उपराष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्याल शिक्षा मन्त्रालयमा सरुवा भएका छन्।
यस्तै, स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिेएको छ। स्वास्थ्य मन्त्रालयमा प्रदेशका सचिव महादेव पन्थलाई ल्याइएको छ।
सरकारले राष्ट्रिय कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा कृष्ण तिम्सनालाई नियुक्त गर्ने निर्णय भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
यस्तै, बैठकले सहसचिव दिनानाथ मिश्रलाई सचिवमा बढुवाको निर्णय गरेको छ।
जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधु भेटवालले अवकाश पाएपछि रिक्त सचिवमा सरकारले मिश्रलाई बढुवा गरेको हो।
लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको समितिको बैठकले प्राविधिकतर्फ रिक्त सचिव पदका लागि वरिष्ठ सहसचिव दिनानाथ मिश्र, चिरञ्जीवी चटौत र जगदीश्वर कर्माचार्यको नाम सिफारिस गरेको थियो।
मन्त्रिपरिषद् बैठकले सहसचिव भुपाल बराललाई सचिवमा बढुवा गरेको छ।