काठमाडाैं। क्षेत्रपाटीस्थित क्षेत्रपाटी नि:शुल्क क्लिनिकले आफ्नो पुरानो भवनको नजिकै नयाँ संरचना निर्माण गरिरहेको छ।
भवन निर्माणमा काठमाडौं महानगरपालिकाको ५ करोड रुपैयाँ सहयोग रहेको छ। यसको कुल लागत भने ३५ करोड रुपैयाँ रहेको छ। भवन निर्माणका लागि अस्पतालको आन्तरिक आयका साथै दाताहरुबाट प्राप्त सहयोग पनि उपयोग भएको छ।
निर्माणाधीन अत्याधुनिक भवन ८ तल्ले रहेको छ। काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले २०७८ सालमा भवनको शिलान्यास गरेका थिए।
काठमाडौं महानगरले महानगर क्षेत्रभित्र २० वटा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुको निर्माण गरिरहेको छ। क्षेत्रपाटी क्लिनिक यीनैमध्येको एक हो। क्लिनिकमा चिकित्सक परामर्श सेवाका साथै प्रयोगशाला परीक्षण सेवा पनि उपलब्ध हुनेछ। साथै निःशुल्क औषधि वितरण गरिनेछ।
विसं २०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयले असहाय, गरिब तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रूपमा उपचार गरिरहेको छ। चिकित्सालयमा २४सै घण्टा इमर्जेन्सी सेवा, जनरल वार्ड, आईसीयू, भेन्टिलेटर, शल्यक्रिया सेवा, प्याथोलोजी ल्याबसहित सबै प्रकारका सामान्य र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध छ।
-1749551845.jpg)
-1749551845.jpg)
-1749551936.jpg)
-1749551938.jpg)
-1749551938.jpg)
-1749551941.jpg)
-1749551941.jpg)
-1749551936.jpg)
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी